बागलुङका विद्यालयमा इन्टरनेट सेवा विस्तार



ढोपाटन । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ ।

अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ को शान्ति माध्यमिक विद्यालय र वडा नम्बर १ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ ।

धन गौ ज्योति र जनजागृति माविमा गत वर्ष र शान्ति माविमा दुई वर्ष अगाडि इन्टरनेट जडान भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

गाउँपालिकाले यसै वर्ष वडा नम्बर २ को जनज्योति आधारभूत विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उनको भनाइ छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार पालिकाले विद्यालयमा इन्टरनेट विस्तार गरेको उनको भनाइ छ ।

उनले अहिले चार विद्यालयमा मात्रै इन्टरनेट विस्तार गरेको भन्दै अब विस्तारै अन्य विद्यालयमा विस्तार गर्ने योजना रहेको बताए ।

अध्यक्ष बुढामगरले भने, “हाल पालिकाका तीन मावि र केही आधारभूत तहका विद्यालयमा इन्टरनेट विस्तार गरेका छौँ, अन्य विद्यालयमा पनि विस्तारै जडान गर्ने योजना छ, प्रविधिको विकाससँगै अब दुर्गमका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने हाम्रो प्रयास हो ।”

विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाइमा समस्या भएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भविन्द्र पुनले बताए । उनले अहिलेको युगमा इन्टरनेट अतिआवश्यक भएको जनाउँदै यसले पठनपाठनमा निकै सहजता प्रदान गरेको बताए ।

“इन्टरनेट जोडेको केही महिना राम्रोसँग चल्यो अहिले अवरुद्ध भएको छ, अहिलेको जमानामा इन्टरनेटबिना शिक्षण सिकाइ अपूरो हुन्छ”, प्रअ पुनले भने, “शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि इन्टरनेटको विकल्प छैन, सबै विद्यालयमा यो विस्तार हुन जरुरी छ ।”

उनले इन्टरनेट जडानपछि विद्यार्थीलाई सिक्न रुचि राखेको विषय प्रत्यक्ष देखाएर सिकाउन सकिने भन्दै तत्काल देश–विदेशका घटनाका सूचना सजिलै प्राप्त गर्न सकिने उनको भनाइ छ । कोभिडको समयमा अनलाइन कक्षा सञ्चालनमा समेत ठूलो टेवा पुगेको उनको भनाइ छ ।

तमानखोलाका उपाध्यक्ष हीराकुमारी छन्त्यालले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयमा इन्टरनेट विस्तार गर्न थालेको बताए । सुरुमा वडा कार्यालयमा इन्टरनेट जडान गरेकामा अहिले विद्यालयमा समेत विस्तार गर्न थालेको उनले जानकारी दिए ।

“हामीले केटमाइन इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेर वडाहरूमा इन्टरनेट विस्तार गर्यौं, विद्यालयहरूमा पनि यसको अतिआवश्यक हुँदा अहिले माध्यमिक तहका विद्यालयमा जडान गरेर सुरुआत गरेका छौँ”, उपाध्यक्ष छन्त्यालले भने, “शिक्षा प्रविधिमैत्री बनाउने हिसाबले इनटरनेट जडानको कामलाई अगाडि सारिएको हो, यसले पक्कै पनि विद्यार्थीको सिकाइमा केही नयाँपन ल्याउने र प्रभावकारी बनाउने छ ।”

तमानखोलामा २४ विद्यालय छन् । ती मध्ये माध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय नौ र प्राथमिक विद्यालय १२ छन् । विद्यालयमा इन्टरनेट जडानपछि विद्यार्थीसमेत हर्षित बनेका छन् । कक्षा १० मा पढ्ने रोहित बुढामगरले विद्यालयमा इन्टरनेट जडान भएपछि कम्प्युटर सिक्न र नयाँ ज्ञान, सीप सिक्न सहज भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन

हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा