अझै पुगेन दुर्गमका विद्यालयमा पाठ्यपुस्तक



कालिकोट । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि दुर्गमका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ।

कालिकोटका धेरै विद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा पनि पुस्तक छैनन्। कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसका लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको जनाएको छ।

तर कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक अभाव छ। पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन्। पुस्तकका लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावका कारण विद्यार्थीका हातमा पुस्तक उपलब्ध नभएको जनजीवन माविका प्रधानाध्यापक तेजबहादुर शाहीले बताए।

पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसी स्थानीय तह र विद्यालयबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्छन्, तर जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागज अभावका कारण पुस्तक छपाइ हुन नसकेको जनाएको छ।

मतपत्रका लागि निर्वाचन आयोगले कागज उपलब्ध गराएकाले मतपत्रको छपाइ चाँडै र सहजै सम्पन्न भएको तर किताब छाप्नका लागि कागज अभाव रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्रकुमार आर्चायको भनाइ छ।

कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले पुस्तक नपाउने समस्या बर्सेनि खेप्दै आएका छन्। कर्णालीको कालिकोट, जुम्ला, दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा ६ को विज्ञान, गणित र अंग्र्रेजी विषयको ६ हजार पुस्तक पुग्न नसकेको बताइएको छ भने कक्षा ८ को विभिन्न विषयको ३ हजार किताब पुग्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाम्सले आगामी वर्षदेखि एमबिबिएस पढाउने

  काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने

स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन