शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३५औँ सभा–बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वविद्यालय विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञान दिने मात्र नभई जीवनोपयोगी शिक्षा, प्रविधि र सीप सिकाइ आत्मनिर्भर बनाउन सक्ने शैक्षिक केन्द्र हुनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “विश्वविद्यालय व्यावसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ अनुसन्धान र आविष्कार गर्न सक्ने तथा हाम्रो जस्तो विकासशील मुलुकमा समाजका विभिन्न क्षेत्रमा सुधार र परिवर्तनका लागि नेतृत्व लिनसक्ने सिर्जनशील जनशक्ति जन्माउन सक्ने हुनुपर्दछ ।”

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उच्च शिक्षा मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा सहयोगी हुनाका साथै नवप्रवर्तन र नव आविष्कारलाई उत्प्रेरित गर्ने किसिमको हुनुपर्नेमा जोड दिए । राष्ट्रको चौतर्फी विकास र समुन्नतिका लागि आवश्यक पर्ने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रूपमा परिचित हुँदै गएको पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकको अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा उनले बधाई दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्याउने र यसको प्राज्ञिक उन्नयन तथा भौतिक विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिए । साथै उनले आगामी दिनमा यस विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि अझ बढी समर्पित रहन सबैलाई प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे ।

“विश्वविद्यालयका उपकुलपतिले आज पेस गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम एवं रजिष्ट्रारज्यूबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक प्रगतिका साथै विकास र विस्तारमा नयाँ आयाम थप्न सघाउ पुग्ने विश्वास मैले लिएको छु”, उनले भने । उनले उपकुलपतिले नीति तथा कार्यक्रममार्फत उठाउनुभएका विषयलाई कार्यान्वयनमा उतार्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममार्फत उठेका विषयहरूमा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग आवश्यक परामर्श गरी एवं सम्बन्धित मन्त्रालयहरूसँग समेत आवश्यक समन्वय गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्न आग्रह गरे । कुलपतिको हैसियतले उपलब्ध गराउनुपर्ने सहयोगका लागि उहाँले आफू सदैव तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन

हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा

प्रधानमन्त्रीद्वारा मध्यपश्चिममा गौतम र पूर्वाञ्चलको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । सरकारले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा