सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछुः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् ।

लोकतान्त्रिक–वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिंहले बुधबार बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताए ।

नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने, “निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छु ।”

उनले जनताले खानेपानीको समेत माग गरिरहेको बताए । शिक्षामा समानताका लागि सङ्घीय शिक्षा ऐन बनाउँदा जोड दिने उनको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री सिंहले मतदाताले अब पनि चुनाव जिताएर पठाउने र आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको प्रतिक्रिया दिएको बताए ।

नेता सिंहले काठमाडौँ क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन,

सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन,

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले