सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण सिकाई गर्न सम्झौता



काठमाडौँ । सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रा. लि. बीच सम्झौता भएको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शुक्रबार राष्ट्रिय सभागृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो । आउँदो २ बर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ ।

यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा शिक्षण र सिकाईका लागि शिक्षकहरुको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाई व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् ।

कोड क्लब गठन गरेर कक्षा २ देखि कक्षा १२ सम्मका बिद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यसमा हरेक विद्यालयमा वेभसाइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ ।

यसरी काम गर्दा साइबर सुरक्षा सुनिश्चित गर्ने, गुगलको चिल्डेन अनलाइन प्राइभेसी प्रोटेक्सन नियमअन्तर्गत मेल जारी गर्ने काम वियोन्डले गर्नेछ । सम्झौतापछि बोल्दै महानगरकी उपप्रमुख डंगोलले, डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीहरुको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने बताइन् ।

‘शिक्षकहरुलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाएर शिक्षण क्रियाकलापमा सिकाउने र सिक्नेको सम्बन्ध जोड्नुपर्छ । शिक्षकहरुको क्षमता विकास गरिएन भने विद्यार्थीहरुमा शिक्षकभन्दा आफूमा बुझ्न सक्ने क्षमता धेरै भएको महसुस हुन सक्छ । यसले सिकाई प्रणालीमा असर पुग्छ ।’

काठमाडौँ महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीहरुको पहुँचमा एकैपटक डिजिटल साक्षरताको पहुँच पुर्याउनु पर्छ । सम्झौतापछि महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले भनिन्, ‘डिजिटल साक्षरताविना शिक्षालाई प्रतिस्पर्धी बनाउन सकिँदैन । प्रतिस्पर्धी शैक्षिक स्तरविना बजारमा आवश्यक जनशक्तिको योग्यता पुग्दैन । हामी हाम्रा सामुदायिक विद्यालयहरुबाट बजारमा आवश्यक भएको सक्षम जनशक्ति उत्पादन गर्न चाहन्छौँ । यसका लागि आजको सम्झौता महत्वपूर्ण पाइला हो ।’

कोभिडका समयमा सञ्चालन गरिएको अनलाइन शिक्षण पद्धति आपतकालीन थियो । अबको प्रणालीबाट प्रतिकुल परिस्थिति योजनावद्ध सिकाई हुन सक्ने वातावरण बन्नेछ । सम्झौताका क्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीको भनाइ थियो ।

वियोन्डले सन् २०१३ मा गुगलबाट एजुकेटर समूहका रुपमा मान्यता पाएको हो । त्यसपछि उसले डिजिटल ट्रान्सफरमेसन, स्कूल म्यानेजमेन्ट, टिचर टे«निङ लगायतका काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका

एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान

भक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको