कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट



काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् ।

उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले बिहीबार आयोजना गरेको ‘प्लस टु शिक्षाः अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए ।

उनले कक्षा ८, १० र १२ को बोर्ड परीक्षा गर्न प्रश्न बैंक निर्माण र शिक्षकलाई तालिमका लागि कार्ययोजना तयार गरिएको जानकारी दिए । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले कक्षा ११ र १२ को शिक्षा तुलनात्मकरुपमा गुणस्तरीय, सुलभ र विश्वसनीय भएको जनाउँदै विदेशमा पुँजी पलायन गराउनुभन्दा स्वदेशमै पढाउन अभिभावकलाई आग्रह गरे ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थीलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा दिनुपर्ने र यसका लागि शिक्षकलाई तयारी गर्नुपर्नेमा जोड दिए । प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी र ऐन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको योगदानलाई राज्यले कदर गर्नुपर्ने बताए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आर्थिकरुपमा सक्षम र विपन्न सबै अभिभावकलाई सहज हुनेगरी आधुनिक प्रविधिलाई समेटेर शिक्षा दिइए विद्यार्थी विदेशमा जान आवश्यक नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको