एसीसीए नेपालद्धारा वार्षिक भेला सम्पन्न



काठमाण्डाै, एसीसीए नेपालद्धारा गत शनिबार बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आफ्ना सदस्यहरुको उपस्थितिमा वार्षिक भेला सम्पन्न गरिएकाे छ । यस्तो भेला हरेक वर्ष गरिने भए पनि कोभिड १९ का कारण दुई वर्ष पछाडि भौतिक रुपमा गरिएको हो । एसीसीएका सदस्यहरुलाई एकै ठाउँमा भेला गरि आफ्ना अनुभवहरु आदान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको एसीसीए नेपाल प्रमुख रविन कटवालले बताए ।

उक्त कार्यक्रममा ११६ जना एसीसीएका नयाँ सदस्यहरुलाई प्रमाणपत्र र प्रशंसा पत्र वितरण गरिएको थियो । उनीहरू मार्च २०१९ देखि मे २०२२ को बीचमा एसीसीएको सदस्यता लिन सफल भएका थिए । एसीसीएका नेपाल प्रमुख रविन कटवालले उपस्थित सबैलाई स्वागत गर्दै एसीसीए सदस्य तथा पढाइ हुने कलेजहरुलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना दिए ।

उक्त कार्यक्रममा एसीसीएका प्रेसिडेन्ट वर्ला कोलिन्सको विशेष भिडियो सन्देश प्रस्तुत गरिएको थियो । त्यसैगरि सल्लाहकार समितिबाट प्रियाञ्जली जोशी र विपिन थापाका साथै वरिष्ठ एसीसीए एवं सीए जगदिश भट्टराईले आफ्ना अनुभवहरु सुनाएका थिए । कार्यक्रममा मनोरञ्जन र आपसको सम्बन्ध प्रगाढ पार्नको लागि विभिन्न खेल तथा गतिविधिहरु समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको