गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री



भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डमा सोमबार आयोजना गरिएको कार्यक्रममा उनले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बताए ।

प्रत्येक जिल्लामा रहेका जिल्ला शिक्षा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखाले स्थानीय सरकारसँग समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि कक्षा कोठाको सुधार, परीक्षा प्रणालीमा सुधार, शिक्षण सिकाइ, पाठ्यक्रम परिमार्जन, परीक्षा प्रणाली एवं मूल्याङ्कनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षा प्रदान गर्नेबारेमा मन्त्री पौडेलबाट विभिन्न कोणबाट चर्चा गर्दै निर्देशन भएको बताए । उनका अनुसार कक्षा ८ को विज्ञान, गणित र अङ्ग्रेजी विषयको विविध प्रश्नावली निर्माण, प्रश्नपत्र प्रवद्र्धीकरण गर्न देशभरका सबै पालिकाका जिल्ला समन्वय अधिकारी, स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरु, बोर्डका पदाधिकारीहरुलगायत पाठ्यक्रम एवं परीक्षासँग जिम्मेवार निकायका व्यक्तिहरु भौतिक तथा भर्चुअलबाट सहभागी रहेको कार्यक्रममा प्रश्नपत्र कसरी निर्माण गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।

बोर्डका अध्यक्ष शर्माले कक्षा ८ का विज्ञान, गणित र अङ्ग्रेजी विषयका छनोट गरिएका शिक्षकलाई कसरी प्रश्नपत्र निर्माण गर्नेबारेमा प्रशिक्षण गर्ने बताए ।  देशको सङ्घीय संरचनाअनुसार छनोटमा परेका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने, उनीहरुलाई प्रदेशमा परिचालन गरेर शिक्षकलाई तालिम दिने र त्यो तालिमलाई जिल्ला तथा पालिका तहसम्म पुर्याउने र प्रश्नपत्र निर्माणलाई गुणस्तरीय बनाउने उनले बताए ।

यसबाट जिल्ला र पालिकामा शिक्षण सिकाइ प्रक्रियालाई सुधार गर्ने कामको सुरुआत गर्ने बताउँदै बोर्डका अध्यक्ष शर्माले बोर्डले बाह्य परीक्षाको मूल्याङ्कनको जिम्मेवारी पाएकाले स्थानीय तहका शिक्षकलाई जिम्मेवार बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले