रोल्पाको नमूना विद्यालयमा उत्प्रेरणा कक्षा



उमा केसी, रोल्पा । शिक्षक सेवा आयोगको परीक्षाका कारण अधिकांश छिमेकी विद्यालयको पठनपाठन बन्द रहेका बेला रोल्पा सदरमुकाम लिवाङको पठनपाठन भने निरन्तर चलिरहेको छ । अधिकांश छिमेकी विद्यालय बन्द रहँदा पनि पठनपाठनलाई निरन्तरता दिने बालकल्याण नमूना माध्यमिक विद्यालयले नयाँ अवधारणा अघि सारेसँगै पठनपाठनले निरन्तरता पाएको हो । उक्त विद्यालयका प्रायः शिक्षक सेवा आयोगको परीक्षालाई जिल्ला बाहिर भए पनि विद्यार्थीको पठनपाठन भने प्रभावित भएको छैन । विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर पठनपाठनमा वैकल्पिक सोच अघि सारेर पठनपाठनलाई निरन्तरता दिएको बताएको छ ।

शिक्षकको अनुपस्थितिले खाली भएका कक्षामा विद्यालयमा अचेल नागरिक कर्तव्य, नैतिक शिक्षा, बालविवाह, साइवर अपराध, उत्प्रेरणा, जलवायु परिवर्तन जस्ता कक्षा चल्ने गरेका छन् । “विभिन्न क्षेत्रका जानकार व्यक्तिको सहयोगमा खाली समयमा यस्ता कक्षा सञ्चालनको परिपाटी मिलाएका छौँ”, विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भने । परीक्षा नजिकिँदै गरेको बेला पठनपाठन बन्द गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने भएपछि यस्तो अवधारणा अघि सारेको उनको भनाइ थियो ।

विद्यालयको अनुरोधमा सम्बन्धित क्षेत्रका जानकार व्यक्तिले स्वयंसेवी ढङ्गले पठनपाठनमा सहयोग गरेको उनले बताए । विद्यालयका शिक्षकले शिक्षक सेवा आयोगको परीक्षाका लागि चैत १४ गतेदेखि नै विद्यालयमा बिदा लिएर जिल्ला बाहिर गएका थिए । खाली समय कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनबीच भएको छलफलपछि यस्तो निचोडमा पुगेर पठनपाठनलाई निरन्तरता गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए ।
वर्षभरि किताबी ज्ञानमा सीमित भएका विद्यार्थीलाई पाठ्यपुस्तक बाहिरको पनि ज्ञान दिनका लागि यस्तो तरिका अपनाएको न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार एक हप्ताका लागि सो विद्यालयमा जिल्ला सदरमुकाममा बसेर विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिले पढाउने गर्दछन् ।

आसन्न एसइई परीक्षालाई लक्षित गरेर उत्प्रेरणामूलक कक्षाका साथै विभिन्न विषयवस्तुको पढाई हुने गरेको विद्यालयको भनाइ छ । विद्यालयले डिभिजन वन कार्यालय रोल्पाको सहयोगमा वातावरण तथा जलवायु परिवर्तन, रोल्पा जिल्ला अदालतको सहयोगमा नेपालको संविधान एवं देवानी तथा फौजदारी कानूनको आधारभूत ज्ञान र जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा साइबर कानून, बालविवाह जस्ता विषयवस्तुको पठनपाठनको व्यवस्था मिलाएको छ ।

विभिन्न कार्यालयका कर्मचारी तथा अन्य क्षेत्रका जानकार व्यक्तिले पठनपाठन गर्ने व्यवस्था मिलाएको विद्यालयको भनाइ छ । विद्यालयले निर्णय लेखन, निवेदन लेखन, तमसुक लेखन, सम्झौता लेखन जस्ता घरसारमा प्रयोग हुने सीपबारे पनि ज्ञान दिएको छ । विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउनका लागि नैतिक शिक्षाका साथै नागरिक कर्तव्यका विषयमा पनि पठनपाठन चलाएको छ ।

परीक्षा नजिकिरहेको समयमा हुने लामो बिदाले पढाइ प्रभावित हुने डरमा रहेका विद्यार्थी भने विद्यालयको यो अवधारणाले खुसी देखिएका छन् । “हामीले कोर्समा नपढेको तर जीवनका लागि उपयोगी विषय पढ्न पाएकामा खुसी लागेको छ”, कक्षा १० का विद्यार्थी चित्र रोकाले भने । पाठयक्रम बाहिरका विषयले पनि हाम्रो नियमित पठनपाठनलाई सहयोग गरिरहेको रोकाले बताए । विद्यालयले हरेक वर्ष कम्तीमा एक हप्ताका लागि भए पनि कक्षा बाहिरका विषय पढाउने गरी व्यवस्था गर्नुपर्ने रोकाको सुझाव छ ।

विसं २०२३ मा स्थापना भएको सो विद्यालय रोल्पाको एक नमूना विद्यालय हो । सो विद्यालयलाई २०७४ सालमा सरकारले नमूना घोषणा गरेको थियो । सो विद्यालयमा हाल दुई हजार ८०० विद्यार्थीले पढ्छन् । विद्यालयमा सिभिल इञ्जिनियरिङमा डिप्लोमा र अठार महिने कोर्सका साथै कक्षा ११ र १२ मा शिक्षा शास्त्र, विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा पठनपाठन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई