सार्वजनिक शिक्षा प्रणाली सुधार्न त्रिकोणात्मक भूमिका अपरिहार्यः शिक्षामन्त्री



भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताएका छन् । शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा मंगलबार सानोठिमीमा आयोजना भएको कार्यक्रममा उनले शिक्षाको गुणस्तर सुधार्न सरोकारवाला र अगुवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

नेपालको शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो । नेपालमा सार्वजनिक शिक्षा कमजोर छ भन्ने आम क्षेत्रमा धारणा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले शिक्षाको गुणस्तर सुधारेर त्यसको जवाफ दिने बेला आएको बताए ।

सरोकारवालासँगको वार्ता र संवादबाट शिक्षा क्षेत्रलाई गतिशील बनाउन सकिने भन्दै मन्त्री पौडेलले सबैमा सार्वजनिक शिक्षा सुधार्ने सङ्कल्पका साथ एकीकृत सक्रियता अगाडि बढाउनुपर्ने आवश्यक रहेकोमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षक सेवा आयोगले लोकसेवा आयोगले जस्तै विश्वास आर्जन गर्न सक्नुपर्नेमा जोड दिइन् । त्यसअवसरमा मन्त्रालयका सचिवद्वय यादवप्रसाद कोइराला र सुरेश आचार्यले सङ्घीय शिक्षा ऐन निर्माणको आवश्यकता औँल्याए ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले विधिमा आधारित रहेर आयोगले वार्षिक कार्ययोजना बनाएर काम गरिरहेको जानकारी दिए । आयोगका सदस्य नन्दकुमारी महर्जन र नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आयोगले निष्पक्ष ढङ्गले उत्कृष्ट शिक्षक छनोट गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने

चिनियाँ शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालयको सहभागिता

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको डेढ दशकः प्राविधिक शिक्षामा जोड

महेन्द्रनगर  । महिनौँ दिनको आन्दोलन र सङ्घर्षपछि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको आज