शिक्षा ऐन छोटो बाटोबाट ल्याउने सरकारको तयारी



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सङ्घीय शिक्षा ऐन छोटो बाटोबाट ल्याउने तयारी भएको बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा मन्त्री पौडेलले ऐन ल्याउन ढिलो भइसकेकाले छिटो मार्गबाट ल्याउन सांसद्ले सहयोग गर्नुपर्ने बताए ।

उनले पूर्वशिक्षामन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै सङ्घीय शिक्षा ऐनका विषयमा सरोकारवालापक्षसँग छलफल भइरहेको जानकारी दिए । मन्त्री पौडेलले प्रारम्भिक बाल विकासका शिक्षकको विषयमा स्थानीय तहलाई पारिश्रमिक दिन मन्त्रालयले सर्कुलर गरेको बताउँदै यसलाई थप बलियो बनाउन ऐनमा समावेश गर्ने जानकारी दिए ।

बैठकमा पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले योजना अयाोगले तयार पारेको १५औँ योजना र उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे । पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले विद्यार्थीका अभिभावकको दायित्वको विषयमा पनि कानुनमा व्यवस्था गरिनुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको