प्रदेश दुईमा कृषि विश्वविद्यालयको उ्दघाटन



सप्तरी । प्रदेश दुई सरकारको महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिक रुप ग्रहण गरेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले विश्वविद्यालयको कार्यालय उदघाटन गरेसँगै कृषि विश्वविद्यालयले औपचारिक रूप ग्रहण गरेको हो ।

कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ८० प्रतिशत जनता कृषिमै आधारित रहेको हुँदा कृषिलाई आधुनिकीकरण गर्न प्रदेश सरकारले कृषि विश्वविद्यालय स्थापना गरेको बताए ।

यस विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै प्रदेशबाट गरिवि र बेरोजगारी न्यूनिकरण गर्न ठूलो मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रमका मुख्यमन्त्री राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेशको विकास सम्भव नरहेकाले कृषि विश्वविद्यालयको स्थापना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई