त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा मंगलबार उनले भने, “प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।” शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिए ।

उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले त्रिभुवन विश्वविद्यायले वर्षौंपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा ६ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको उल्लेख गर्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

सर्लाही । राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका

राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न मन्त्रालयको परिपत्र

काठमाडौं । सरकारले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न ७७ वटै जिल्लाका