नेपाल भाषा अध्यापन गराउन काठमाडौं महानगरपालिकाले वार्षिक १५ लाख अनुदान दिने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

काठमाडौं महानगरपालिकाको मंगलबार बसेको ७० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीबाट सङ्कलन हुने शुल्कबाट बेहोरिने जानकारी दिए ।

बैठकले वडा नम्बर ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

बैठकमा सम्पदामैत्री भवन निर्माणका लागि स्वीकृत मापदण्ड कार्यान्वयन, पानी नआउने धाराका महशुल छुटका लागि महानगरपालिकाले गरेको प्रयास, नेपाल विद्युत् प्राधिकरणलगायत सडक खन्ने निकायसँगको समन्वय र डेङ्गु नियन्त्रणका लागि भइरहेको कार्यका सम्बन्धमा सदस्यहरुले जिज्ञासा राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको