आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयको परीक्षा अनिश्चित



कर्णाली । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ ।

विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता सारिएको छ । मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाका कार्यक्रम असामान्य परिस्थितिका कारण पुनःएक साताका लागि स्थगित गरिएको जनाएको छ ।

परीक्षा व्यवस्थापन कार्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने गरी विज्ञान तथा प्रविधि सङ्कायको स्नातक र स्नातकोत्तर तहको सत्रान्त परीक्षाको समयतालिका सार्वजनिक गरेको थियो । विश्वविद्यालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत विद्यार्थी सङ्गठनबीच भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । केन्द्रीय क्याम्पसमा विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै तालाबन्दी गरेका छन् ।

अनलाइन माध्यमबाट पढाइ भएपछि परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने विद्यार्थीको मुख्य माग छ । विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने तयारी गरेपछि विद्यार्थीले असहमति जनाएका हुन् । विश्वविद्यालय प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको भन्दै आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंह निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरेका थिए ।

त्यस्तै, प्राध्यापकहरूले इञ्जिनीयरिङ क्याम्पस र एल स्कूलका उपप्राध्यापक बर्खास्त ऐन–नियम विपरीत भएको भन्दै उक्त निर्णय सच्याउनुपर्नेलगायत माग राखेका छन् । विश्वविद्यालयले परीक्षा समयअगावै विद्यार्थीलाई प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा कानून सङ्कायका उपप्राध्यापक सुजन पन्त र आफूखुशी नम्बर दिएको भन्दै इञ्जिनीयरिङ सङ्कायका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको