मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने



वाग्मती । यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौँडाले जनाएको छ ।

विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा सञ्चालन हुने कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । यस वर्ष विद्यार्थीले आफू अध्ययनरत् कलेज तथा विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् ।

जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट एक हजार ३०० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने सो क्याम्पसले जनाएको छ । त्यस्तै हेटौँडा क्याम्पसबाट नियमिततर्फ ३१३ जना विद्यार्थी कक्षा १२ को सो परीक्षामा सहभागी हुने हेटौँडा क्याम्पसका प्रमुख देवेन्द्र मानन्धरले बताउनुभयो । हेटौँडा बाहिर घर भएका विद्यार्थीहरु परीक्षाका लागि आउन शुरु गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको