भरतपुर महानगरपालिकाद्वारा एसइईको नतिजा अगावै भर्ना लिन रोक



चितवन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना शुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो ।

नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भए पनि केही विद्यालयले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्णय गरी नतिजापूर्व भर्ना लिएमा कानून बमोजिम कारवाही गरिने समेत महाशाखाले जनाएको छ ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल र नगर शिक्षा समितिसहितको टोलीले स्थलगत अनुगमन गरी केही विद्यालयलाई स्पष्टीकरणसमेत सोधेको जनाएको छ ।

अनुगमनका क्रममा रजिष्ट्रेशन तथा सिट सुरक्षित गर्ने नाममा नतिजा अगाडि नै कक्षा ११ को भर्ना गरेको पाइएको पौड्यालले जानकारी दिए ।विद्यार्थी अन्यत्र जान सक्ने भन्दै अधिकांश संस्थागत विद्यालयले रजिष्ट्रेसन शुल्कका नाममा थोरै रकम लिएर अनलाइन माध्यमबाट पठनपाठन शुरु गरेका छन् ।

महानगरमा २८ सामुदायिकसहित ५० भन्दा बढी कक्षा ११ को पठनपाठन गर्ने विद्यालय रहेका छन् । पौड्यालले अनुगमनलाई निरन्तरता दिएर आदेश नमानेमा कारवाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन

हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा

प्रधानमन्त्रीद्वारा मध्यपश्चिममा गौतम र पूर्वाञ्चलको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । सरकारले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा