विद्यार्थीको दिवा खाजा र स्यानिटरीको बजेट विद्युतीय उपकरण किन्न उपयोग गर्न सुझाव



काठमाडौं । विद्यार्थीको दिवा खाजा र स्यानिटरीका बिनियोजित बजेट विद्युतीय प्रविधिबाट कक्षामा जोडिन आवश्यक उपकरण किन्न उपयोग गरिनुपर्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले अन्वेषण यात्राअन्तर्गत ‘महामारीमा शिक्षा, चुनौती र रणनीति’ विषयमा जुम प्रविधिबाट आयोजना गरेको भर्जुअल कार्यक्रमका सहभागी वक्ताले शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला शिक्षा क्षेत्र अलमलमा परेको बताएका हुन् ।

कार्यक्रममा पूर्वसचिव ताना गौतमले संविधानमा शिक्षा र मानव अधिकार सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन हुन नसकेको बताए । हाल चलिरहेको अनलाइन कक्षामा विपन्न वर्गले पहुँच पाउन नसकेको उनले बताए ।

निर्देशिका र कार्यविधि निकाल्दैमा सबैले शिक्षा पाए भन्ने नसोची अनुगमनमा जुट्न उनले सरोकार भएका निकायको ध्यानाकर्षण गराए । नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले पहिलेदेखि नै शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा अहिले विद्यार्थीलेसमेत समस्या भोग्नुपरेको गुनासो गर्दै शिक्षा क्षेत्रमा दीगो विकास लक्ष्य अनुसार काम हुन नसकेकोे बताए ।

शिक्षकलाई प्रविधिमा दक्ष बनाउन २० हजार शिक्षकलाई प्रविधिसम्बन्धी तालिम दिएको सङ्घले जनाएको छ । अभिभावक युनियन नेपालका अध्यक्ष केशव पुरीले सरकारको ध्यान राजनीतिमामात्र केन्द्रित हुँदा बालबालिकाले पाउने शिक्षाका बारेमा अभिभावक द्विविधामा रहेको बताए । सरकारले ध्यान नदिँदा शिक्षा परिणाममुखी नभई परीक्षामुखी बन्दै गएको उनको भनाई थियो ।

एन प्याब्सनका महासचिव सुवास न्यौपानेले महामारीमा शिक्षा नै मुख्य आधार हुनुपर्नेमा त्यस्तो हुन नसकेको र सरकारले जारी गरेको निर्देशिका र कार्यविधि अनुसार काम नहुँदासमेत कसैले अनुगमन नगरेको बताए ।

अनलाइनबाट कतिले शिक्षा लिन सक्छन् भन्ने सूचनासमेत तीनै तहका सरकारसँग नभएकाले सही तथ्याङ्क सङ्कलनमा प्राथमिकता दिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

समाजशास्त्री राजेन्द्र कोइरालाले शिक्षामा राजनीतिको प्रभावले समस्या थपिँदै गएको भन्दै शिक्षामा वर्गीय असमानता ठूलो प्रश्नवाचक चिह्नका रुपमा उपस्थित भएकामा कसैको ध्यान जान नसकेको सुनाए । महामारीका कारण आएको सङ्कट शिक्षा क्षेत्र सुधारको अवसर बन्नुपर्ने उनको भनाइ थियो ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले शिक्षा क्षेत्रमा विनियोजन भएको बजेट कार्यान्वयन नहुने, नेतृत्वमा बौद्धिक गरिबीको शिकारसमेत शिक्षा क्षेत्र बन्न पुगेको बताए । जनप्रशासन क्याम्पसका उपप्राध्यापक बाबुराम तिमल्सिनाले करिब ३० वर्ष चलेको संस्थात विद्यालय शुभतारा स्कूल बन्द भएकाले त्यसको अनुगमन कसले गर्ने हो भनी प्रश्न गरे ।

विद्यालयको आठभन्दा तलका कक्षा बन्द गरेको उनले बताए । मानव संसाधन बैङ्कको व्यवस्था गरी शिक्षा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति व्यवस्थापन हुनुपर्ने कार्यक्रमका सहभागीको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

विद्यार्थी भर्ना पारदर्शी बनाउन तीन विद्यालयका प्रिन्सिपललाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र