त्रिविको कोभिडसम्बन्धी अनुसन्धानमूलक जर्नल लोकार्पण



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक ‘जर्नल’ को भर्चुअलरुपमा लोकार्पण गरेका छन् ।

त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित सो जर्नलमा कोभिडसम्बन्धी १९ अनुसन्धानमूलक सामग्री छन् । मन्त्री पोखरेलले बन्दाबन्दीपछिको स्थितिमा अनलाइन कक्षा र अनुसन्धानका क्षेत्रमा त्रिविले गरेका कार्य उल्लेखनीय भएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले आफ्ना स्वास्थ्यविज्ञले देशभरि कोभिड –१९ प्रयोगशाला निर्माण र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षित बनाउन योगदान गरिरहेको जनाए । कोभिडलगायत स्वास्थ्यसम्बन्धी अन्य विषयमा अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्वविद्यालयबीच सम्झौता भई कार्य अगाडि बढिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं ।  राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा.डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित

प्रधानमन्त्रीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  ६५७ विद्यार्थी दीक्षित

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ