आगामी वर्षभित्र नेपाललाई साक्षर राष्ट्र घोषणा गरिने



काठमाडौं । आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ । सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्या भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताएकी हुन् ।

त्यस्तै, शिक्षामार्फत हरेक युवालाई देशभक्त, भविष्यप्रति आशावान, आत्मविश्वासी, सिर्जनशील बनाउने सरकारको लक्ष्य लिएको राष्ट्रपति भण्डारीले बताइन् । विषयगत जनशक्ति उत्पादन गर्ने शिक्षामा सरकारले ध्यान दिने भएको छ । यस्तै सरकारले आगामी वर्ष विश्वविद्यालयको पाठ्यक्रम समयानुकुल परिवर्तन गर्ने समेत उल्लेख छ ।

यसैगरी, विश्वविद्यालयको अनुसन्धान कार्यक्रमलाई थप बलियो बनाउने सरकारको दाबी छ । सबै विद्यालय उमेर समूहका विद्यार्थीलाई विद्यालय भर्ना गराउने र कक्षामा टिकाउन जोड दिइने समेत सरकारको नीति हुने राष्ट्रपति भण्डारीले बताइन् । विद्यालयस्तरमा विज्ञान विषयलाई रुचिकर बनाउने रणनीति समेत लिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

  काठमाडौँ । संयुक्त अधिराज्यको काठमाडौंस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान

विद्यालय शिक्षा विधेयक जसरी पनि आउँछः शिक्षामन्त्री भट्टराई

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा पत्रकार समाजको चौथो

एसइईमा उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छः प्रधानमन्त्री ओली

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा