नयाँ शैक्षिक सत्र कोरोना नियन्त्रणपछि मात्र सुरु गर्न शिक्षामन्त्रीलाई अनेरास्ववियूको सुझाव



काठमाडौं । सत्तारुढ नेकपाको भातृसंगठन अनेरास्ववियूले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर लकडाउनको खोले लगत्तै विश्वविद्यालयका स्थगित परीक्षा तयारी गर्न सुझाव दिएको छ । संयोजक ऐन महरसहितको टोलीले मन्त्री पोखरेललाई भेटेर नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोले पछि शुरु गर्न सुझाव दिएको हो । यस्ता छन् अनेरास्वयिूको सुझाव:

लकडाउनका कारणले अस्तब्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका बारेमा आज अनेरास्ववियू र माननीय शिक्षा मन्त्रीज्यू बिच गम्भीर छलफल भएको छ।निम्न उल्लेखित बिषयमा अनेरास्ववियूको तर्फ बाट हामिले आफ्ना बिचार हरु प्रस्तुत गरेका छौं ।
१) पछि संक्रमणको फैलावटलाई मध्यनजर गरेर red zone yellow zone र green zone तोकेर लकडाउन खुकुलो बनाउने तर हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने ।

२) SEE र कक्षा ११ को परीक्षा लकडाउन खोले पछि होम सेन्टर मा स्वास्थ्य सम्बन्धी साबधानी अपनाएर लिनुपर्ने अन्यथा स्वत : ग्रेडिङ गर्नु पर्ने। तर १२ कक्षाको अनिवार्य परीक्षा गर्नु पर्ने।

३) बिश्वबिद्धालय का स्थगित गरिएका परिक्षाका सन्दर्भमा लकडाउन खोले लगत्तै लिने गरि तयारी गर्नु पर्ने।

४) सबैको पहुँचमा पुग्ने गरि online कक्षा सञ्चालन गर्नु पर्ने त्यसका लागि नेपाल टेलिकम सँग समन्वय गरि डाटा र भ्वाइस कल निशुल्क ब्यबस्था गर्नु पर्ने ।

५)नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोले पछि शुरु गर्नु पर्ने लगायत बिबिध बिषयमा हामिले माननीय मन्त्री ज्यूको ध्यानाकर्षण गराएका छौ र मन्त्री ज्यूले सकारात्मक रुपमा हाम्रा बिचारहरुलाई ग्रहण गर्नु भएको छ।
सल्लाह र सुझावका लागि सम्पुर्ण साथिहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिवाखाजा कार्यक्रमले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८, पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौं ।  धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौँ  । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा