गणित विषयमा सामुदायिक विद्यालय कमजोर



नेपालगंज । बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ ।

कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५÷०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थी कमजोर रहेको देखाएको हो । तथ्याङ्कअनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी गणितमा सबैभन्दा बढी कमजोर देखिन्छन् । गत आव २०७५÷०७६ मा सामुदायिक स्कुलमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत विद्यार्थी अन्य विषयभन्दा गणितमा कमजोर रहेको शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले बताउनुभयो ।

“सामुदायिक विद्यालयमा शिक्षकले पुरानै पद्धतिबाट अध्यापन गराउँदा यो समस्या आएको हो”, उहाँले भन्नुभयोे, “शिक्षकले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरेकोसमेत देखिँदैन ।” सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएपछि कोहलपुर नगरपालिकाको शिक्षा शाखाले अहिले ती विषयका शिक्षकका लागि ‘सिकाइ केन्द्र’ समेत स्थापना गरेको छ ।

“विकास र समृद्धि गराउन गणित विषयको भूमिका निकै महत्वपूर्ण रहन्छ”, प्रमुख पौड्यालले भन्नुभयो, “गणित विषय तार्किकरुपमा अध्यापन गराउनुपर्ने देखियो ।” नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी गणितमा कमजोर नतिजा ल्याएको पाइए पनि नतिजा सुधार गर्न नगरपालिकाले शिक्षकलाई तालीम दिन शुरु गरेको छ ।

कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष गोपीलाल खनालले शिक्षामा प्रविधिको प्रयोग नभएको कारणले गणित विषयमा कमजोर भएको बताउनुभयो । “गणितमा अध्यापन गराउन ज्यामिती, विजगणित र अङ्क गणितीयरुपमा विकास भएको हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई व्यावहारिकरुपमा अध्यापन गराउन शिक्षक अपडेट हुनुपर्छ ।”

यस्तै जनज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक एकदेव पन्थीले गणित विषयमा कमजोर भएपछि गणित शिक्षकको लागि सिकाइ केन्द्र स्थापना गरेको बताउनुभयो । “कोहलपुर नगरपालिकाका विद्यार्थी गणित विषयमा एकदमै खस्कँदो अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “कमजोर विद्यार्थीको शैक्षिक विकास गर्नका लागि सबै गणित शिक्षकलाई सिकाइ केन्द्रमार्फत सिकाइरहेका छौँ ।”

विद्यालय प्रधानाध्यापक पन्थीका अनुसार प्रदेश नं ५ का गणित विषयका प्रशिक्षकबाट कक्षा सञ्चालन भइरहेका छन् । “पुरानै तरिकाबाट अध्यापन गराउँदा विद्यार्थीले बुझेनन् कि भन्ने धारणा आएकाले यो कार्य गर्न लागेका हौँ”’ उहाँले भन्नुभयो, “गणित विषयलाई कसरी अध्यापन गराउने, कुन सामग्री प्रयोग गर्ने, प्रविधिलाई कसरी प्रयोग गर्ने खालका विषयमा शिक्षकलाई प्रविधिकरण गरिरहेका छौँ ।”

यस्ता कार्यले बालबालिकालाई गणित विषयमा उत्कृट नतिजा ल्याउन सक्ने उनको विश्वास छ । कोहलपुर नगरपालिकाका विद्यालय निरीक्षक जीवन न्यौपानेले अभिभावकको कमजोरीका कारण विद्यार्थी कमजोर भएको बताउनुभयो । “अभिभावकले सामुदायिक विद्यालय भन्ने बित्तिकै मनोबल घटाउनुहुन्छ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको उन्नयन र विकासका लागि सबै अभिभावक सचेत र जागरुक हुनुपर्दछ ।”

शिक्षकले बालबालिकालाई निरन्तररुपमा शिक्षण क्रियाकलाप नगराएकाले पनि कमजोर भएको उहाँको भनाइ थियो । जनता माध्यमिक विद्यालय मैटहवाका गणित शिक्षक विष्णुबहादुर केसीले गणित विषयलाई केन्द्रीय तहबाटै कमजोर बनाइएको बताउनुभयो । “पाठ्यक्रमबाटै गणित विषयलाई हटाउने प्रस्ताव आएपछि हामीले पनि त्यति ध्यान दिएनौँ”, उहाँले भन्नुभयो, “तर हामीबाट कमजोरी भएको छैनन् ।”

आफूहरुले ‘इनकोडिङ र डिकोडिङ’ माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउँदै आएको उहाँको भनाइ थियो । उहाँले विद्यार्थीलाई विद्यालयको कक्षाकोठाभन्दा बाहिर गणित सिक्ने अवसर नभएको गुनासो गर्नुभयो । “कक्षाकोठामा मात्र सिकेको सिकाइ कति हुन्छ र ? उनले प्रतिप्रश्न गरे, यसमा न त अभिभावक नै जिम्मेवार छन् न त बालबालिका नै । यसले भविष्यमा गणित शिक्षा क्षेत्रमा झनै चूनौतीको रुपमा सिर्जना हुन्छ”, केसीले भन्नुभयो ।

कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५÷०७६ को अनुसार गणित विषयमा कक्षा १ देखि ३ सम्म ६१ प्रतिशतमात्र उत्तीर्ण भएको तथ्याङ्क छ । कक्षा ४ देखि ५ सम्म २०.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने कक्षा ६ देखि ८ सम्म ४९ प्रतिशत उत्तीर्ण भएका छन् । कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा नेपाली, स्वास्थ्य, सामाजिक विषयमा बढी उत्तीर्ण भएको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी (म्याग्दी) । अष्ट्रेलियाका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको