गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ



काठमाडौँ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सितापाइलाबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाले  मनाङे पक्राउ परेको जानकारी दिए  । अब प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेछ । ज्यान मार्ने उद्योगको कसुरमा मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो ।

यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ । मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेर हात छिनाइदिएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य बने भने पटक–पटक मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपलब्धि रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुनसक्छः प्रचण्ड

  तुलसीपुर (दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले

एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध अनुसन्धान सुरु

  काठमाडौँ । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध विद्युतीय कारोबार

आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ : बर्तौला

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार

पश्चिम रुकुममा चार दिनअघि भागेर विवाह गरेका एकजोडी मृत फेला

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणीमा एकजोडी मृत फेला परेका छन् । त्रिवेणी