ज्यान मार्ने उद्योगमा सांसद दीपक मनाङे दोषी ठहर, पाँच वर्ष कैद सजाय



काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो ।

यसअघि उनलाई उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए ।

उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । जिल्ला अदालत काठमाडौंले भने मनाङेलाई २ वर्ष कैद सजाय सुनाएको थियो । तर जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकार उक्त मुद्दा लिएर पुनरावेदनमा गएको थियो ।

सर्वोच्चले उच्चको फैसला सदर गरेको छ । उनी मनाङ प्रदेश सभा–२ बाट २०७४ र २०७९ स्वन्त्रबाट निर्वाचित भएका थिए भने पटक पटक मन्त्री बनेका थिए ।

२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङेसहितलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अछामको ढकारीमा दुई किशोरी जंगलमा मृत फेला

अछाम । अछामको ढकारीमा दुई किशोरी जंगलमा मृत फेला परेका छन् । अछामको

शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण

काठमाडौँ । तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

फुङ्लिङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप