युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



काठमाडौं। जिल्ला अदालत काठमाडौंले बाफलमा एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीश कृष्णजङ्ग शाहको बिहीबारको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए ।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट दुई लाख राहत दिनसमेत भनिएको छ ।

अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ ।

कार्कीको हाल उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

  काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस

पाल्पामा पँधेरामा नुहाउन गएकी एक युवतीको हत्या

पाल्पा । पाल्पाको रिब्दीकोटमा एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका