पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर ?



कैयौँ संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ। तर यो व्याप्त – सम्भवत: हचुवाको भरमा गरिएको – धारणामाथि कैयौँ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन्।

पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा कतिपय सन्दर्भमा स्वास्थ्य र सफाइमा आधारित छन् तर कैयौँका लागि यो समान अधिकारको विषय पनि हो। त्यसो भए को सही हो? महत्त्वपूर्ण रूपमा पुरुषका लागि वास्तवमा पिसाब फेर्ने सही तरिका कुन हो?

छिटो पिसाब फेर्ने?

धेरै पुरुषका लागि उठेर पिसाब फेर्नु त्यति सजिलो नहुन सक्छ। त्यो छिटो र व्यवहारिक छ: सार्वजनिक शौचालयका बाहिर हेर्नुहोस् त, पुरुषहरू भित्र जान्छन् र बाहिर निस्किहाल्छन्।

पुरुषहरूले छिटो शौचालयबाहिर निस्कन सक्नुका कारण यी हुन सक्छन्-

१. पुरुषहरूले लुगाका थुप्रै तह फुकाल्न पर्दैन

२. र, युरिनलहरूले क्युबिकल भन्दा कम ठाउँ लिन्छन्

तर विशेष अध्ययन गरेकाहरूका अनुसार पिसाब फेर्ने बेलामा पुरुषहरूले शरीर कस्तो पारेका छन्- उभिएको या बसेको बेला- त्यसले पिसाब कति मात्रामा बाहिर निस्कन्छ भन्ने निर्भर गर्छ।

पिसाब कसरी बाहिर निस्कन्छ

हामी कसरी पिसाब फेर्छौँ भन्ने हेरौँ न। हाम्रो मृगौलाले रगतबाट फोहोर छानेर पिसाब उत्पादन गर्छ। त्यसपछि यो पिसाबथैलीमा जम्मा हुन्छ ।

पिसाबथैलीमा पिसाब जम्मा हुन सक्ने भएकाले नै हामी शौचालय जाने चिन्ता धेरै नगरीकन आफ्ना दैनिक काम गर्न सक्छौँ र रातमा निदाउन सक्छौँ। पिसाबथैलीको क्षमता ३००-६०० मिलिलिटरको हुन्छ। त्यो जब दुई तिहाइ भरिन्छ हामी त्यो खाली गर्न चाहन्छौँ।

पिसाबथैली सम्पूर्ण रूपमा खाली गर्न स्वस्थ्य स्नायु नियन्त्रण प्रणाली चाहिन्छ जसले हामीलाई शौचालय जान आवश्यक भएपछि जनाउ दिन्छ र यदि तत्काल जान सकेनौँ भने पिसाब रोकेर बस्न पनि सक्छ।

हामी जब सहज अवस्थामा हुन्छौँ, पिसाब थैली वरपरको मांसपेशी खुकुलो हुन जान्छ। त्यसपछि थैली खुम्चिन्छ जुन प्रक्रियामा पिसाब बाहिर निस्कन्छ।

उठेर गर्ने कि बसेर?

स्वस्थ्य व्यक्तिले पिसाब फेर्न बल गर्नुपर्दैन।

तर कहिलेकाहीँ पुरुषहरूमा पिसाब फेर्न अस्थायी रूपमा या स्थायी रूपमा बल लगाउनुपर्ने अवस्था आउन सक्छ।

वैज्ञानिक प्रकाशन पीएलओएस वानले गरको एक अध्ययन अनुसार प्रोस्टेट बढेका मानिसहरू- जसले पिसाब फेर्न गाह्रो बनाउँछ- उनीहरूलाई बसेर पिसाब फेरे फाइदा हुन सक्छ।

यो अध्ययनमा स्वस्थ्य पुरुषहरू र प्रोस्टेट लक्षण भएका पुरुषहरूबीच तुलना गरिएको थियो।

प्रोस्टेट लक्षण भएका मानिसहरूमा बसेर पिसाब फेर्दा पैदा हुने एक प्रकारको दबाबले पिसाब फेर्न सजिलो हुने र छिटो हुने पाइएको थियो।

तर स्वस्थ्य मानिसमा उठेर या बसेर जसरी पिसाब फेरेपनि कुनै फरक नपर्ने अध्ययनले देखाएको छ।

तपाईँका लागि सही निर्णय के हुन सक्छ…

यूकेमा न्याशनल हेल्थ सर्भिस एनएचएसले पिसाब फेर्न समस्या भएका पुरुषहरूलाई आरामदायी र शान्त स्थलमा बसेर पिसाब फेर्न सुझाव दिएको छ।

तपाईँले बसेर पिसाब फेर्ने पुरुषहरू प्रोस्टेट क्यान्सरबाट बच्न सक्ने र उनीहरूको यौन जीवनमा पनि सुधार आउने कतिपय कथा सुन्नु भएको होला- तर त्यो पुष्टि भएको वा प्रमाणित भएको छैन।

, सबैले एउटै शौचालय प्रयोग गर्ने…

यी स्वीडेनबाट सुरु भएका कथाहरू हुन्। जब एकजना स्थानीय राजनीतिकर्मी शहरका सार्वजनिक शौचालयका अवस्थाबाट दिक्क भए उनले पुरुषहरूलाई अलि विचारशील हुन आग्रह गरे।

उनको उद्देश्य सफाइ प्रवर्द्धन गर्नु थियो र शौचालय जाँदा फोहोर बस्तुमाथि टेक्न नपरोस भन्ने थियो। यो बहस बढ्दै गयो।

केही युरोपेली मुलुकहरूमा – खासगरी जर्मनीमा- नियमित शौचालयहरूमा उठेर पिसाब फेर्न प्रतिबन्ध लगाइएको छ। कुनै शौचालयहरूमा ट्राफिक लाइट जस्ता सङ्केतहरू राखेर उठेर पिसाब फेर्न प्रतिबन्ध लगाइएको छ।

तर बसेर पिसाब फेर्नेहरूलाई “जित्स्प्लिङ्कर” भन्ने गरिएको छ। त्यस्ता पुरुषको व्यवहार नभएको बताउने गरिएको छ। यसले निजी घरहरू पनि प्रभावित भएका छन्। कतिपय ठाउँमा पुरुषहरूले बसेर पिसाब फेरुन् भन्ने सङ्केत राखिएका छन्।

सन् २०१५ मा अदालतमा एउटा मुद्दा परेको थियो। त्यसमा शौचालयको मार्बलको भुइँ पिसाबका कारण बिग्रिएको भन्दै क्षतिपूर्ति मागिएको थियो।

तर न्यायाधीशले पुरुषहरूले उठेर पिसाब गर्ने तरिका सांस्कृतिक परम्परा बमोजिमकै रहेको भन्दै “अझ पनि धेरैले उठेर पिसाब फेर्ने गरेको बताएका थिए।”

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मसलेदार खाना खानुका फाइदा छन् ?

खुर्सानी, बेसार र अन्य मसलाहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको दाबी गरिँदै आएको छ

चिसो बढेपछि सुनसान बन्यो सुन्दर ‘बुकीपाटन’

बागलुङ  ।  चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन्। असारदेखि कात्तिक पहिलो

छठ पूजाका लागि धपक्कै बल्यो कमलपोखरी(फोटोफिचर)

काठमाडौं । छठ पर्वको रौनक यतिबेला काठमाडौं उपत्यकामा पनि बढेको छ । काठमाडौँ

खाम्बाजेनबाट कुम्भकर्णलाई नियाल्दा…

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य । सात हजार