खेलकुद

अल्बर्टो एनेस राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ । बुधबार बसेको एन्फा कार्यसमिति बैठकले इटालियन नागरिक एनेसलाई पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षणमा नियुक्त गर्ने निर्णय गरेको हो ।