स्वास्थ्य

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो ।