स्वास्थ्य

महानगरभित्र अवैधरुपमा संचालित औषधि पसललाई कानुन बमोजिम सच्याउन महानगरले दियो मंसिर २९ सम्मको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका मेयर बालेन साहले बुधबार सामाजिक संजालमार्फत अनधिकृत रुपमा औषधि पसल संचाल भइरहेको जनगुनासो आएको भन्दै कारबाहीको चेतावनी दिएका हुन् ।