शिक्षा

छोराछोरीसँगै एसइई दिँदै हजुरआमा र आमाहरु

भक्तपुर  । सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुगिन्। रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नाती उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइई मा सहभागी