अपराध

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित अख्तियारको फन्दामा, गाडीमा साढे १६ लाख फेला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुससहित पक्राउ गरेको हो । उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए।