गौरवशाली बूढ्यौली



डा. गोविन्दशरण उपाध्याय ।

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन ।
चत्वारितस्य वर्धन्ते आयुर्विद्यायशोवलम् ।
जसले आफ्ना बूढाबूढी भएका आमावुवा, हजुरवाहजुरआमा तथा अन्यहरूप्रति दिनहुँ सम्मानजनक व्यबहार गर्छ उसले आयु, विद्या, यश र बल प्राप्त गर्छ । बूढाबूढीको हेरविचार र उहाँसंगको सङ्गतले आयु कसरी बढ्छ, ज्ञान कसरी प्राप्त हुन्छ, कुनै व्यक्ति कसरी प्रसिद्ध बन्छ र कसरी शक्ति प्राप्त हुन्छ ? यी तत्थ्यहरू पाठकले आफैं पनि मनन गर्नुपर्छ र आफ्नो परिवारका सदस्यहरूलाई यो जानकारी दिनुपर्छ । खासगरी, बालबालिकाले यो सूचना प्राप्त गर्नेपर्छ किनभने उनीहरूले ठीकठीक तवरले जानकारी प्राप्त गरेनन् भने तपाईंहरूको बुढ्यौली अत्यन्त कष्टकर, निराशाजनक र एक्लो वन्ने वाला छ ।

आयु अर्थात् जीवनीशक्ति असल जीवनशैलीको परिणाम हो । खानपान, काम–विश्राम, भोगआदिको ठीकठाक उपयोगको विधि जान्नेहरूको प्राणशक्ति बलियो र स्थिर हुन्छ । बुढ्यौलीमा चलिरहेका हरेक व्यक्तिहरूले ७० वर्षको उमेर त्यसै प्राप्त गरेका होइनन् । विश्वका केवल ३४ प्रतिशत मान्छेले मात्रै ‘बूढो’ हुने अवसर प्राप्त गर्छन् । उनीहरूले प्रकृतिसंग समायोजन र सहकार्य गरेकै कारण यो उमेर प्राप्त गरेका हुन् । उनीहरूले उपयोग गरेको जीवनीशक्तिको रहस्य विश्वविद्यालयका कितावमा होइन उनीहरूको सङ्गतबाट प्राप्त हुन्छ । दीर्घायु र स्वास्थ्य जीवन यी दूवै कुराहरू बूढाबूढीको सेवाबाट प्राप्त हुन्छन् ।

विद्याको अर्थ धेरै फराकिलो छ । केवल विश्वविद्यालयबाट डिग्री प्राप्त गरेका, नयाँनयाँ ग्याजेट चलाउन जान्ने र देश–विदेश घुमेका, पैसावाल मान्छेहरूमात्र ज्ञानी हुन्छन् भन्ने ठान्नु अर्धसत्य हो । मानवीय सीकाईलाई बुझ्ने हो भने जीवनका ८५ प्रतिशत ज्ञानहरू विश्वविद्यालय वाहिरबाट प्राप्त हुन्छन् । तपाईंले गहिरो गरि नियाल्नो भयो भने बुझ्नु हुन्छ कि तपाईंको भान्छामा पाक्ने भोजन, त्यो भोजन उत्पादन गर्ने कृषि, तपाईंको आफ्नो राजनैतिक, सांस्कृतिक, सामाजिक, भौगोलिक, मौलिक परिचय र ज्ञान हामीले आफ्ना बूढाबूढीबाट सिकेका हुन्छौं । हाम्रो आफ्नो परिचय पनि बूढाबूढीहरूको देन हो । नेपाल र नेपालीको रचना अक्सफोर्ड विवि वा त्रिविविले गरेको होइन । यो हामीले आफ्ना बूढाबूढीबाट प्राप्त गरेका हौँ । त्यसैले हरेक व्यक्तिले बुझ्नु पर्छ कि समाजमा रहेका बूढाबूढीहरू असलमा ज्ञान र अनुभवका भण्डार हुन् । यो भण्डारलाई सम्मान गर्न नसक्नेहरू जरोकिलो विहिन हुन्छन् । जरा नभएको रूखको कुनै भविष्य हुँदैन ।

आजको प्रत्येक व्यक्ति/युवायुवतिमा विश्वप्रसिद्ध बन्ने हुटहुटी देखिन्छ । तर विश्वप्रसिद्ध बन्ने फर्मुला बूढाबूढीसँग छ भन्ने कुरा कुनै पनि विद्यालय र विश्वविद्यालयहरूले सिकाउँदैनन् । हरेक बूढाबूढी अनुभवका खानी हुन् । यो अनुभवको खजानामा प्रसिद्ध बन्ने फर्मुला पनि छ । यसका लागि हरेक प्रसिद्धि चाहने व्यक्तिले विनम्रता, धैर्य र निरन्तरता पूर्वक उनीहरूका अनुभवको वारेमा सुन्नुपर्छ र ती अनुभवहरू मध्येबाट सबैभन्दा महत्वपूर्ण अनुभवलाई अंगालेर अगाडी बढ्नुपर्छ । सफलता हातमा हुन्छ । सफलताले नै व्यक्ति प्रसिद्ध बन्छ । सत्य यही हो ।

–बलको अर्थ केवल शारीरिक शक्तिमात्र होइन । जीवनमा प्राप्त हुने हरेक सफलता बल अर्थात् शक्तिका कारण प्राप्त हुन्छन् । बूढाबूढीहरूले आफ्ना सन्तानलाई उपलब्ध साधनहरूलाई कसरी शक्तिका रूपमा प्रयोग गरेर सफलता प्राप्त गर्ने भन्ने अनुभव सिकाउँछन् । बलवान् त्यो व्यक्ति हो जसले उपलब्ध स्रोतसाधन प्रयोग गरेर स्वस्थ जीवन प्राप्त गर्छन् । खानपीन, रहनसहनम दैनिक व्यबहारले मान्छेलाई वलवान् बनाउँछ भने बूढाबूढीसग उनीहरूले आफ्नो जीवनकालमा आर्जित गरेको “सम्पत्ति“ हुन्छ । जुन सन्तानले भक्ति, श्रद्धा र प्रेमपूर्वक बूढाबूढीको सेवा गर्छन्, धनशक्ति प्राप्त गर्छन्, कर्मशक्ति, प्राप्त गर्छन्, सामाजिक, राज्नानैतिक, सांस्कृतिक तथा धार्मिक शक्ति प्राप्त गर्छन् ।

नेपाली शिक्षा प्रणालीको विडम्वना नै भन्नुपर्छ कि अनुभव र ज्ञानका भरपर्दो स्रोत भएका बूढाबूढीहरूलाई घरमै उच्चसम्मानका साथ जीवनयापन गर्ने व्यबस्थाको प्रबर्धन गर्नुको सट्टा पश्चिमा प्रतिमानको पछि लागेर ‘बृद्धाश्रम’ निर्माण गरेर सन्तानहरूलाई ज्ञान तथा अनुभवको दिगोश्रोतबाट बन्चित गर्दैछ भने सन्तानहरूले पनि आफ्नो व्यक्तिगत सुविधाका लागि घरका बूढाबुढीहरूलाई वृद्धाश्रममा पंच्याउने प्रपन्चमा लागेका छन् । भाग्यमानी भए आफुले पनि बूढ्यौली भोग्नु पर्ने छ, तेस बखत आफ्नो ज्ञान र अनुभव कसैलाई दिन नपाएको र सन्तानको मायाबाट बन्चित हुनु पर्ने पीडाबोध हुने छ । जवानीमा सबैसम्म हुन्छ तर बुढ्यौलीले ज्ञान, शीप र अनुभव दान गर्न चाहन्छ । यतिबुझे धेरै कुरा बुझिन्छ ।

‘ह्या यति पनि नजान्ने’ भन्दै टिनेजर तथा छोराबुहारीहरूले आफ्ना बूढा भएका बाबुआमा वा हजुरवा हजुरआमालाई हप्काएको, अपहेलना गरेको कुरा लगभग घरघरको कथा बनेको छ । अहिलेको बूढापुस्ता केटाकेटी वा जवान हुँदा अहिलेका जस्ता ग्याजेट थिएनन् । मोबाइल, इन्टरनेटआदि केही थिएनन् । त्यसबखत नभोगेका कुराहरू जान्न सकिन्न । जसरी बालबालिकाका लागि नयाँ कुराहरू सिकाइन्छ, त्यसरी नै यी नव–ग्याजेटहरू बूढाबूढीलाई सिकाउनु पर्छ । मान्छे सिक्ने प्राणी हो । हो, कसैले ढिला र कसैले शीघ्र सिक्छन् तर ‘बूढाबूढीले जाँदैनन्, सिक्न सक्दैनन्’ भन्ने कुरा गलत हो ।

संसारमा दुई प्रकारका बूढाबूढी हुन्छन्ः उमेर र ज्ञान । विश्वका फरकफरक देशले आ–आफ्नो परिवेश र परिस्थितिअनुसार बूढ्यौलीको उमेर फरक राखेका छन् । हाल नेपालमा ६८ पछि बूढ्यौली आरम्भ हुन्छ भन्ने प्रतिमान नेपाल सरकारले बनाएको छ (बुढ्यौली भत्ता) र नेपालीको औसत आयु ७२ वर्ष पुगेको छ । स्वाभाविक रूपमा बूढ्यौलीमा अनेकौं शारीरिक समस्या हुन्छन् तर ती समस्याभित्र अनुभव र ज्ञानको भण्डार हुन्छ । जसले आयुम विद्या, यश र बलको यो भण्डारको महत्वलाई चिनेर सहीसही व्यबहार गर्छन्, उनीहरूले आशिर्वाद स्वरूप अनेकौं जीवनोपयोगी खजाना प्राप्त गर्छन्, जसले वेवास्ता गर्छन्, आफ्नो लागि पनि भविष्यमा ‘अन्धकारयुक्त वेवस्ता’को निवासस्थान तयार गर्छन् ।

त्यसैले बूढाबूढी र बुढ्यौली गौरवशाली अवस्था हुन् । बूढाबूढी भनेर हेला नगरौं र बूढ्यौली आयो भनेर निराश न हौँ । बुढाबूढी र बुढ्यौलीलाई गौरवका साथ स्वागत गरौँ, अनुभव र ज्ञानको भण्डारका रूपमा सिकौं र सिकाऔं ।
स्वस्तिअस्तु

फोटोः सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा कानुन बन्दा संसद छलेर अध्यादेश किन ?

सुमना श्रेष्ठ । विदेशी लगानी सम्बन्धी कानुनमा समयानुकुल परिवर्तन आवश्यक छ । तर

अध्यादेशले शासन संचालन गर्न खोज्नु गलतः कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले अध्यादेशले शासन संचालन गर्न लागेको

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

प्रगति ढकाल, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका

गैँडाको आक्रमणबाट भरतपुरमा एकजनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको