यसबाट शेरबहादुरको सानिध्यता पाएका कुनै काँग्रेसी चिन्तित हुन्नन



जेपी गुप्ता ।
पुरानो काँग्रेसको कुरा नगरौं । त्यो अब फर्किन्न । पछिल्लो काँग्रेसमा ‘सत्ता’ शब्द मात्रले सदैव दुईटा अन्तःप्रेरणा दिदै आएको छ। पहिलो काँग्रेस भित्र गुटको निर्माण गरि त्यससँग टास्सिएर रहने। दोस्रो, पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जनअपेक्षाहरूको अनदेखा गरि यथास्थितिको निरन्तरता एवं पक्षपोषण गर्नु। ‘सत्ता’ शब्दले यो दुई अभिप्रेरणा हालको काँग्रेसलाई दिएको छ।

अहिले काँग्रेसको हातबाट सत्ता टाढिएको छ। काँग्रेसका धेरै शुभचिन्तकहरू हाल दुःखी जस्तो देखिन्छन्। तर तिनीहरू दुःखी रहन्नन्। भर्खरै डाकिएको काँग्रेसको केन्द्रीय समितिको अलांकारिक बैठकमा सबैले मनको बह (पेट दुःखेर मुखमा पानी आइरहने एक प्रकारको रोग) पोख्छन् । बैठक अवधिभर शेरबहादुर देउवा घरीघरी चश्मा निकाल्दै सीसा सफा गर्छन, घरी औलाको औठी अर्को हातको औलाबाट नचाउने छन् । पट्यारलाग्दो कुराहरू तथा सुन्न नचाहेको आलोचना सुन्नै पर्दा यो तरिका अपनाउनुमा उनलाई धैर्यता मिल्दछ। यस्तै समअवस्थामा गणेशमानजी कुर्सीमा बसीबसी निदाउनु हुन्थ्यो। गिरिजाबाबु कुरा सुने जस्तो गर्दै अरू कुरा सोच्नु हुन्थ्यो, फुईफुई चुरोट तान्नु हुन्थ्यो–बोल्नेलाई लाग्दथ्यो कि मेरा कुरा बडो धैर्यका साथ सुन्नु भयो । मनलाई शान्तिको बाटोमा डोर्याउने यस्ता कलाहरू देउवाजीलाई थाहा छ। केन्द्रीय बैठकमा जिब्रो पड्काउदै, आँखी भौं लाई तलमाथी पार्दै बोल्ने सदस्यहरू हलुका हुनेछन् ।

अन्तमा, शेरबहादुरजी पालैपालो गरी सबैतिर हेर्दै भन्नु हुनेछ–“धैर्य राख, गत संसदमा हामी आजको भन्दापनि थोरै संख्यामा थियौं। तर, के काँग्रेसको नेतृत्वमा सरकार बनेन ? माओवादले समर्थन मात्र गरेको थिएन, एमाले–माओवादीको एउटै पार्टी थियो। केपी ओली प्रधानमन्त्री थिए। लगभग सबै प्रदेशहरूमा उनीहरू कै बहुमत थियो, उनकै मुख्यमन्त्री थिए। तर बदलियो त सबै, केपी हटे, प्रदेशहरूमा मुख्यमन्त्री, प्रदेश प्रमुखहरू बदलिए। फेरि पनि त्यही हुन्छ। बुझ्नु भो।” देउवाले यति भन्नासाथ काँग्रेसजनमा अनौठो ‘आत्ममुग्घता’ देखापर्छ। बैठक सकिन्छ। काँग्रेस पुनः सत्ताको संभावना र ‘उलाद्दीन’ का चिराग राखेका नेता शेरबहादुरप्रति भावविभोर हुन्छन् ।

हुनत् त हो, हालैको चुनावले बनाएको अस्थिर संसदमा आजको काँग्रेसले आफ्नो फलिफाप देख्ने अझ धेरै ठाउँ छ। कतिखेर ओलीको आँखा झिम्क्याई बुझेर प्रचण्ड शेरबहादुरकोमा पुग्छन्, उपेन्द्रहरू कतिखेर कसको इसारामा तम्बु परिवर्तन गर्छन कसलाई थाहा छ र ? यो खेल त हुदै आएको हो।

यसैले गर्दा मैले भनेको हुँ कि काँग्रेस चिन्ता मान्दैन, शेरबहादुरको सानिध्यता पाएका कुनै काँग्रेसी चिन्तित हुन्नन् । उनीहरू फेरिपनि काँग्रेस भित्र गुटको निर्माण तथा सम्वद्र्धन गरी त्यससँग टास्सिएर रहन्छन्। उनीहरू पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँनयाँ जनअपेक्षाहरूको अनदेखा गरि यथास्थितिलाई अबिच्छिन्न् निरन्तरता दिन्छन्, पक्षपोषण गर्छन्। शेरबहादुरजीले देखाई दिने ‘सत्ता’ को संभावनाले काँग्रेस अभिप्रेरित हुन्छन्। त्यसमा शेखरजी पनि खुशी हुनेछन् र पो त भन्नु भएको हो–“काँग्रेसको हातबाट सत्ता गएको हो, काँग्रेस कमजोर भएको होइन।” पढनु भयो होला नि उहाँको वक्तव्य !
काँग्रेस फेरि यसैमा मस्त रहन्छ, आशावादी रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रिपरिषद बैठकद्वारा संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको

रवि लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने यसरी सुनाए बैठकमा अनुभूति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न मिसन ब्लुप्रिन्ट कार्यदल

इन्धनको मूल्य घटाउने निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार

कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका दीपकराज जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज