दर्शनशास्त्र के हो ?



डा. गोविन्दशरण उपाध्याय ।

(१) दर्शनशास्त्र के हो ?
कतारबाट राजन भारद्वाजले सोध्नुभएका प्रश्नहरूको उत्तर मैले यसरी दिएको छुः दर्शनशास्त्रले परमसत्यको विषयमा जिज्ञासा, खोज तथा निर्णय दिने प्रयत्न गर्छ । वर्तमानमा दर्शनशास्त्र भने तत्व विज्ञान, नीति विज्ञान, तर्क–विज्ञान ज्ञान–विज्ञान र मूल्य विज्ञानको उत्पत्ति, कार्य र सीमा तोक्ने प्रयत्न गर्छ । असलमा, वैदिक दर्शनशास्त्र परमतत्व (ब्रहम, परमात्मा, ईश्वर)लाई प्राप्त गर्ने ठीकठीक बाटो हो । पाश्चात्य दार्शनिक परम्परामा दर्शन केवल परमसत्यको खोजी र ज्ञान, मूल्य, तर्कका विषयको बौद्धिक छलफल हो ।
(२) दर्शन कसरी बन्छ ?
दर्शनशास्त्रको उत्पत्ति मानवको जिज्ञासु स्वभावबाट भएको हो । मान्छेले प्राकृतिक रूपमा बुद्धि प्राप्त गरेको छ जसका कारण उसले आफ्ना विगतका अनुभवहरू स्मृतिमा राख्न सक्छ, वर्तमानलाई विगतका अनुभवका आधारमा उपयोग गरिरहेको हुन्छ भने भविष्यका लागि योजनाहरू बनाउँछ । विश्वका अन्य जीवले यस्तो विशेषता प्राप्त गरेका छैनन् । तसर्थ दर्शनको निर्माणमा बाहिरी विश्वसंग आफ्नो सम्वन्ध, आन्तरिक (मन, बुद्धि, आत्मा, परमात्मा) आदि प्रतिको जिज्ञासा तथा मृत्यु, रोग, डर, भावना इत्यादिसँग तुलनाका आधारमा हुन्छ ।
(३) दर्शन बन्ने आधार के के हुन् ?
–दर्शनको निर्माणका लागि पहिलो आधार हो मान्छे । मान्छेको बौद्धिक क्षमता, विश्वको उपस्थिति, जीवको अस्तित्व, अस्तित्वको अनुभूति, निरन्तर परिवर्तित भैरहेको विश्व, मानवीय जीवन, जीवनको लक्ष, आत्माको अनुभूति, शुभलाभ, पापपुण्य, सदाचार–दुराचारआदिका व्यबहार र आफ्नो र अर्काको अस्तित्व तथा दुःख निवारणको प्रयत्न र आनन्द प्राप्तिको चाहना इत्यादिले दर्शनशास्त्रको निर्माणमा सहयोग गर्छन् । यस बाहेक धार्मिक, राजनैतिक, सांस्कृतिक, जीवन मूल्यका समस्याहरू र तिनको पहिचानको आवश्यकताले पनि दर्शनशास्त्रको निर्माणका लागि आधार प्रदान गर्छन् । उपरोक्त सबै मध्ये बौद्धिक क्षमता भएको र निर्णय गर्न सक्ने मान्छेको अस्तित्व नै सबैभन्दा बलिया दर्शनशास्त्रका आधारभूत तत्व हुन् ।
(४) सिद्धान्त के हो ?
एक वा एकभन्दा अधिक भौतिक, मानसिक तथा आध्यात्मिक समस्याहरूहरूको समाधान गर्ने क्रममा मान्छेले गरेको बौद्धिक प्रयत्न र तेसबाट प्राप्त भएको प्रतिफलको पुनरागमन, पुनरावलोकन तथा प्रयोगको योग्यता स्थापित हुने बौद्धिक विषय नै सिद्धान्त हो । सिद्धान्तको आधार बौद्धिक कल्पना, भौतिक, मानसिक तथा आध्यात्मिक समस्या हो । यदि कुनै पूर्वकल्पनाको युक्ति बारम्वार प्रयोग गर्दा पूर्ण अथवा आंशिक रूपमा उपरोक्त समस्याहरूको समाधान प्राप्त हुन्छ वा समस्या स्थापित हुन्छ भने यस्तो आधारलाई ‘सिद्धान्त’ भनिन्छ ।
(५) सिद्धान्त कसरी निर्माण हुन्छ ?
कुनै पनि सिद्धान्तको निर्माण हुनका लागि ‘उपयुक्त समस्या’ उपस्थित हुनैपर्छ । इतिहास, बर्तमान परिस्थिति, आवश्यकता, जिज्ञासा, असन्तोष तथा नयाँ कुरा गर्ने अदम्य चाहनाआदिले सिद्धान्तको निर्माण हुन्छ । सिद्धान्त निर्माण अचानक हुँदैन । उदाहरणका लागि बौद्धिक मान्छेको स्वच्छन्दतालाई नियमित गरेर मानवीय समाजलाई सभ्य बनाउन “नीतिशास्त्र“को निर्माण भयो । लेनदेनका समस्याहरूलाई समाधान गर्न “अर्थशास्त्र“को निर्माण भयो । यसैगरी मानसिक समस्याहरूलाई बुझ्न र ती समस्याहरूको समाधान गर्न “मनोविज्ञानका सिद्धान्त“हरू निर्माण भए । नेपाल राष्ट्रको बर्तमान समस्याको राजनैतिक समाधान प्राप्त गर्न “राज्यराष्ट्र“को सिद्धान्त निर्मित भयो । संसारमा लाखौंलाख सिद्धान्तहरू छन् र तिनले कुनैनकुनै समस्याको समाधान गरेको हुनुपर्छ ।
(६) सिद्धान्तका आधार के के हुन् ?
कुनै पनि सिद्धान्तको ठ्याक्कै यही आधार हो भन्न सकिन्न तर भौतिक, मानसिक तथा आध्यात्मिक समस्याहरू र मान्छेको बौद्धिक क्षमता नै सिद्धान्तका प्रमुख आधार हुन् । कुनै पनि कुकुर वा विरालो सिद्धान्तकार हुनै सक्दैन । पशु वा प्राकृतिक बस्तुहरूका लागि कुनै सिद्धान्त वा जीवन दर्शन हुँदैनन् । त्यसैले देश, काल, परिवेश, आवश्यकता, धार्मिक, सांस्कृतिक, राजनैतिक तथा आर्थिक अवस्था, सिकाई, बुझाई, संज्ञान, भावना, सम्बन्ध र ऐतिहासिक आवश्यकता नै सिद्धान्तका आधार हुन् । सामान्यतया सिद्धान्तहरू सबैको लागि हुनुपर्छ तर बौद्धिक व्यक्तिहरूले आफ्नो पूर्वाग्रहलाई स्थापित गर्न काल्पनिक सिद्धान्तहरूको निर्माण पनि गर्छन् । उदाहरणका लागि आर्यआक्रमणको सिद्धान्तलाई लिन सकिन्छ । यो काल्पनिक सिद्धान्त आज पनि केही वर्गका लागि ‘सत्य र तत्थ्यलाई बोल्ने’ सिद्धान्त बनेको छ ।
(७) के दर्शन र सिद्धान्त बीच एकआपसमा सम्बन्ध छ ?
मूलतः दर्शनशास्त्रले परमतत्व सम्बन्धि समस्याहरूको विश्लेषण र समाधानको प्रयत्न गर्छ । तर सबै प्रयत्नहरू सफल र सबैका लागि स्वीकार्य नै हुन्छन् भन्ने छैन । तर दर्शनशास्त्रले सिद्धान्तहरूको निर्माण गर्न सहयोग गर्छ किनभने दर्शनशास्त्र एउटा बृहद दृष्टिकोण हो जसले स्वतन्त्र रूपमा जीव–जगत र तिनको एकआपसी सम्बन्ध र तथा वियोगका लागि ‘सैद्धान्तिक’ आधार निर्माण गर्छ । सिद्धान्त समस्या समाधान भएपछिको अवस्था हो भने दर्शनशास्त्र चाहिं समस्याहरूको विश्लेषण गरेर बुद्धिलाई समाधान खोज्न दिने उत्प्रेरक बौद्धिक क्रिया हो । यदि सिद्धान्त समस्याको अनुकुल छ भने सर्वसाधारणका लागि बढी स्वीकार्य हुन्छ यदि प्रतिकुल छ भने अर्कोतहको समस्याको खोज र समाधानका लागि दर्शनशास्त्रतिर फर्किन्छ । यसरी दर्शनशास्त्रले सिद्धान्तको निर्माण गर्ने हुँदा यी दूवै विज्ञानहरू बीच अत्यन्त घनिष्ट सम्बन्ध हुन्छ ।
(८) के दर्शन वा सिद्धान्तले मानव जीवनलाई प्रभावित पार्छ ?
समस्या होस् वा तेसको समाधान दूवै मान्छेका बौद्धिक क्षमतामा निर्भर छन् । पशुजगत प्राकृतिक प्रवृत्तिबाट संचालित हुन्छन् । मान्छेले सधैं प्रकृतिलाई चुनौति दिने प्रयत्न गर्दै आएको छ । प्रकृतिलाई चुनौति दिने चिन्तन शक्ति भएको मान्छेले देखेको वा समाधानका लागि प्रस्तावित गरेको सिद्धान्तले मानवीय जीवनलाई सकारात्मक नकारात्मक प्रभाव पार्छ नै । प्रसिद्ध दार्शनिक नेइल र बुडरले भनेका छन् “एउटा दार्शनिकले सिद्धान्त निर्माण गर्दा ईश्वर अत्यन्त विचलित हुन्छ । यदि सिद्धान्त मानवीय वा प्राकृतिक कल्याणका लागि उपयोगी ठहरियो भने ईश्वर खुसी हुन्छ । यदि प्रतिकूल ठहरियो भने ईश्वरके आफ्नो सृष्टि जोगाउन सिद्धान्तकारको मुख ताक्नुपर्छ । उदाहरणका लागि एटम बमको सिद्धान्तका आधारमा बम निर्माण गर्ने र त्यसलाई नकासाकी तथा हिरोसिमामा विनाश गर्ने मान्छेकै सिद्धान्तको व्याबहारिक रुपान्तरण हो ।

(९) दार्शनिक दृष्टिकोण र सिद्धान्त निर्माण निकै अनुभव, मिहिनेत र समस्याको गहन ज्ञानका आधारमा हुन्छ । सिद्धान्तहरू आफैमा असल–कमसल हुन्छन्, निरपेक्ष हुँदैनन् । त्यसैले हरेक सिद्धान्त धार्मिक (असल आचरण भएको र चिन्तन भएको) व्यक्तिबाट व्यावहारिक रुपान्तरणमा जानुपर्छ । अर्थशास्त्रको नियम वा सिद्धान्त जान्नु र त्यसको लोककल्याणका लागि प्रयोग गर्न विवेकको पालना गर्नु फरकफरक अवस्था हुन् । उदाहणका लागि ‘घुस्याहालाई कार्यालयमा प्रवेश छैन’ भनेर लेखेको पर्चा ढोकामा टाँसेर कार्यालय छिर्ने घुस्याहालाई कसैले नियन्त्रण गर्न सक्दैन । उ आफैले उच्च धार्मिकतामा विश्वास गरेर ‘घूस खान्या दिन्या देशका शत्रु हुन्’ तत्थ्यलाई आत्मसात गर्यो भने घूस स्वीकार्न नै सक्दैन । सिद्धान्त त्रुटीपूर्ण भए तेसको परिणाम पनि त्रुटीपूर्ण नै आउँछ । यदि सिद्धान्त परिपक्व र त्रुटीपूर्ण छैन भने परिणाम पनि त्रुटीरहित हुन्छन् ।
स्वस्तिअस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर