गङ्गाको रक्षा



डा. गोविन्दशरण उपाध्याय ।
बागमती, बिष्णुमति, रुद्रमती, हनुमन्ते यी सबै नदीहरू पनि महाराज भगीरथले नै भगवानसंग मांगेर मानिसको कल्याणका लागि पृथ्वीमा ल्याएका थिए । भागीरथी गङ्गा र यी गङ्गाहरूमा एकरत्ति फरक छैन । हाम्रो कुकर्मले यी नदीहरू दूषित भए भने देशमा बग्ने अन्य गङ्गाहरू “विकास“को अन्धोपनले दूषित हुँदैछन् । यहाँ सागरका १०० भाइ छोरा सबै बन्न तम्तयार छन् तर भगीरथ बन्न कुनै तयार छैन । यदी नेपालका गङ्गाको माया लाग्छ भने हरेक नागरिकले भगीरथको दायित्व स्वीकार गर्नुपर्छ । “विकास“को विनाशसंग सङ्घर्ष नगरी गङ्गाहरू गङ्गा रहन्नन् ।

सगर अर्थात् जब मान्छेले जीवन प्राप्त गर्छ, त्यसका साथमा असल गुणमात्र होइन कमसल गुण पनि संगै प्राप्त हुन्छन् । सामान्यतया मान्छेको प्राकृतिक स्वभाव देखिन्छ कि कमसल पक्षतिर मन बढी आकृष्ट हुन्छ । यस्तो आकर्षणले पाप कर्म हुन्छ । कपिल ऋषिको अपमान गरेपछि सगरका पुत्रहरू भष्म भए । ऋषिकुलको अपमान र शापबाट मुक्ति प्राप्त गर्न महाराज भगीरथले गङ्गा नै ल्याउनु पर्यो ।

एउटा बंशले गरेको अपराधको प्रायश्चित आगामी सन्तानले भोग्नु पर्छ भने सन्ततिले गरेका अपराधको फल पूर्खालाई पनि प्राप्त हुन्छ । त्यसैगरी भगवान् नरसिंहले प्रल्हादलाई भन्नुभएको छ “बाबु ! जुन कुलमा भक्तको जन्म हुन्छ, उसका एक्काइस कुल तर्छन् । यसरी पाप र पुण्य दूवै बंशजले भोग्नुपर्छ । तसर्थ, हरेक व्यक्तिले सचेत भएर आफ्ना सम्पूर्ण कर्मलू भगवानमा समर्पित गर्नुपर्छ र कमसल गर्न गर्नुबाट जोगिनु पर्छ ।

महाराज भगीरथले गङ्गालाई पृथ्वीमा ल्याएर आफ्ना पुर्खाको मात्र होइन विश्वको कल्याण गर्नुभएको हो किनभने भागीरथी गङ्गासहित काली, कर्णाली, कोशी सबै पवित्र गङ्गा नै हुन् । आफ्ना नदीहरूको मूल्य बुझौं र काली, कर्णालीआदिलाई बागमती र विष्णुमति जस्तै दुर्गती गरेर नर्कको बाटो नरोजौं । आफ्ना वरिपरीका गङ्गाहरूलाई दूषित नगरौं र दूषित हुनबाट जोगाऔं । नदीहरू दूषित गर्नु भनेको आफ्ना पूर्खा र भावी सन्ततिलाई स्थायी रूपमा नर्कका लागि तयार गर्नु हो ।

हामी सचेत भएनौं भने हाम्रा गङ्गाहरूको पनि सधैंका लागि दूषित हुनेछन् । हाम्रो “विकास“ले निल्ने छ । हामी जहाँ छौं, जुन अवस्थामा छौँ, गङ्गाहरूको सुरक्षाको लागि प्रयत्न गर्नुपर्छ । महाराज भगीरथले झैं अनवरत प्रयत्न गर्नुपर्छ । हाम्रो सुकर्मको फल हामीले यही जन्ममा प्राप्त गर्ने छौँ भने हाम्रा सन्ततिले उपकार सम्झिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर