माधव नेपालको समाजवादी मत खोइ ?



नारायण गाउँले ।

-काठमाडौं-१ मा माओवादी र एमाले मिल्दासमेत ११ हजार भोट ल्याएका प्रकाशमानले जम्मा ७ हजार मत ल्याए, समाजवादी र माओवादी मत कता गयो ? -काठमाडौं-२ मा २६ हजार भन्दा धेरै मत ल्याएर तत्कालीन एमाले नेता माधव नेपाल विजयी भएका थिए । अहिले एमाले उम्मेदवारले १२ हजार मत पनि पाएनन् । १४ हजार मत कता हरायो ? के त्यो माओवादी मत थियो ? त्यो मत अहिले किन ओनसरीले पाइनन् ? माधव नेपालको समाजवादी मत खोइ ?

-काठमाडौं ५ मा कांग्रेस र माओवादी मतभन्दा एमाले मत धेरै थियो, प्रदीप पौडेलसँग ईश्वर पोखरेल कसरी पराजित भए ?
-काठमाडौं-६ मा एमाले र माओवादी मिल्दा समेत १६ हजार बढ़ी मत ल्याएर विजयी भएका भीमसेन दास प्रधान यसपालि माओवादी र समाजवादीसँग मिल्दा पनि जम्मा तेस्रो भए । आधाभन्दा बढ़ी मत कता गयो ?

-काठमाडौं-४ मा एमाले र माओवादी मिल्दासमेत गगन थापाको मत २१ हजार ५ सय थियो । अहिले माओवादीसँग मिल्दा र घण्टीको उम्मेदवार नहुँदासमेत उनको एक मत पनि किन बढ़ेन ?

-एमालेको गढ़ मानिने काठमाडौं-७ मा अघिल्लो निर्वाचनमा १८ हजार बढ़ी मत ल्याएर रामवीर मानन्धर विजयी भएका थिए । कांग्रेसले सघाएको राप्रपाले जम्मा १० हजार भोट पाएको थियो । अहिले एमालेको सात हजार भोट पनि आएन । ११ हजार भोट के भयो ?
-काठमाडौं-८ मा अघिल्लो पल्ट कांग्रेस एक्लैले १२ हजार बढ़ी भोट ल्याएको थियो । यसपालि नेकपा समाजवादी, माओवादी र कांग्रेस मिलेर लड्दा जम्मा ४ हजार भोट आयो । माओवादी र कांग्रेस मत कता गयो ?

-काठमाडौं-९ मा माओवादीसँग मिल्दा एमालेका कृष्ण गोपाल श्रेष्ठले २२ हजार मतका साथ जितेका थिए । त्यसमा आधा मत माओवादीको थियो, यसपालि उनले ११ हजार मत ल्याएरै पनि विजयी भए । माओवादी उम्मेदवार कल्पना धमलाले ६ हजार मतमात्रै किन पाइन् ? कांग्रेस, समाजवादी र माओवादी मत कता गयो ? जबकि माओवादीको मात्रै १० हजार बढ़ी मत हुनुपर्ने हो ।

-चितवनको कुरा गर्ने हो भने क्षेत्र नम्बर १ मा एमाले र माओवादी मिल्दा सुरेन्द्र पाण्डेले ५० हजार बढ़ी मत पाएर विजयी भए । कांग्रेस को मत ३६ हजार थियो । अहिले कांग्रेस उम्मेदवार विश्व पौडेलले २० हजार मत पनि ल्याउन सकेनन् । कांग्रेसकै १६ हजार मत र माओवादी-समाजवादीको हजारौं मत कता गयो ? त्यहाँ एमालेकै २० हजार बढ़ी मत कता गयो ? कसरी चितवन एमाले र कांग्रेसमुक्त बन्दै गयो ?
-चितवन-२ मा एमाले र माओवादी मिल्दा समेत २७ हजार मत ल्याएको कांग्रेसले अहिले माओवादीसँग मिलेर समेत त्यति मत ल्याउने सम्भावना छैन ।

-चितवन-३ मा प्रचण्डले ४८ हजार मत ल्याएका थिए । त्यसमध्ये आधा मत त माओवादीको हुँदो हो । त्यही आधा मत ल्याए पनि उसका उम्मेदवारले जित्नुपर्ने हो । -प्रत्यक्षमा त एउटा दलले अर्को दललाई सिध्याउन घण्टीमा मत हालिदिए अरे, एकछिन पत्याऊँ पनि । तर, सङ्गठनसम्म बनाउन र प्रदेशमा पार्टी दर्ता गर्नसम्म नभ्याएको घण्टी दलले समानुपातिकमा तेस्रो स्थानमा कसरी प्रतिष्पर्धा गर्दै छ ? निर्वाचनअघि पनि ‘तँ’ र ‘त्यो केटो’ भनेर हेप्दै एउटा सिट पनि नआउने भविष्यवाणी गरेका थिए । अब एक-अर्को दल या आफ्नै पार्टीभित्र अन्तर्घात भएर उछिट्टिएको बाछिटा मात्रै हो भनेर घण्टीको व्याख्या हुनेछ । कतिले त आफ्ना अर्ग्यानिक दल हराउन युरोपियन युनियनले नयाँ दल बनाएको र घरघरै गएर भोट हाल्न लगाएको भनिसके । जनता दलदास मात्रै हुँदैनन् र परिवर्तन चाहन्छन् भन्ने स्वीकार गर्न ठूलो मुटु चाहिन्छ, जुन दलहरूसँग छैन ।

अघिल्लोपल्ट देउबाले शर्मनाक हारको जिम्मा आफूले लिएनन्, बाम-गठबन्धनलाई दिए । आफू हारेको नभई अरू जितेकाले पछि परेको उनको व्याख्या रह्यो । ओलीले झन्डै दुई तिहाई बहुमत ध्वस्त हुनु, पार्टी छिन्नभिन्न हुनु र स्थानीय चुनाबमा कमजोर नतीजा हासिल हुनु सबैको दोष प्रचण्ड र माधव नेपाललाई दिए, आफूले एक सुका दोष लिएनन् । अब माओवादीले घण्टीबाट खेदिनुको दोष कांग्रेस या कुनै अर्को पार्टीलाई दिनेछ र आफूलाई चोखो बनाउनेछ । हिजो एक्लै बहुमत ल्याउने कांग्रेस आज आधा सिटमा मात्रै उठ्न सक्ने बन्दा पनि दोष लिन चाहन्न । अब पचास वर्ष आफ्नै सरकार बन्ने भाषण गर्ने ओलीले आफ्ना सबै जसो सहकर्मीले गुल्टिङ् खाए पनि हामीले जितेकै हो भन्ने नयाँ टुक्का निर्माण गर्नेछन् । र, परजीवी नभई कतै नजित्ने अवस्थामा पुग्दा समेत प्रचण्डले कुन टाउकोमा टाँसिँदा बढ़ी फाइदा हुन्छ भन्नेमा दिव्य ज्ञान बाँड्नेछन् ।

दलहरूको यो दोषारोपण गर्ने र आफू ऐनाअघि नउभिने संस्कार रहिरहे  नयाँ दलले ठाउँ लिने हुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन