अनुचित सेक्सको कथा
डा. गोविन्दशरण उपाध्याय ।
श्रीमद्भागवतका अनुसार यौनजन्य क्रियाकलापका माध्यमबाट मान्छेको जन्म आरम्भ भएको ब्रह्माका मानसिक सन्तान मनु र सतारुपाबाट भएको हो । सृष्टिकार्यमा सङ्लग्न हुनु सबैभन्दा पवित्र कर्म हो, यज्ञ हो । जसरी हामीले कुनै यज्ञ गर्दा विधिविधानको पालन गर्छौं त्यसरी नै यौन (सेक्स)को विधान भनेको भगवानको विधानको पालन गर्दै आफ्नो बंश अगाडी बढाउनु हो । पतिपत्नी नै भए पनि देवी दितीले ऋषि कश्यपसंग निलज्ज भएर साँझको बखतमा सेक्सको याचना गर्नुभयो । ऋषिले अनुचित समयमा सेक्सको चाहना नगर्न अनुरोध गर्दा पनि दितीले मान्नुभएन । पतिधर्मको पालन गर्दा ऋषि कश्यपले यौनजन्य क्रिया गर्नुभयो । (भागवत ३/१४–१५ अध्याय)
अनुचित समयमा, अनुचित तवरले पतिपत्नीका विचको यौनजन्य क्रियाकलापलाई शास्त्रमै नगर्नु भनेको छ । यदि कसैले शास्त्रीय मर्यादा तोडेर शारीरिक सुखका लागि मात्र (अनुचित समय, परिवेश, अनुचित व्यक्तिसंग) सेक्स गर्छन् भने हिरण्यक्ष ( धनसम्पत्तिमा मरिमेट्ने आँखा भएको) सन्तान जन्मन सक्छ । आजभोलीका सन्तानहरू प्रायजसो धनसम्पतिका लागि सबै थोक छोड्न सक्ने हुन्छन्, बुवाआमाले पनि राम्रो कमाउने सन्तान चाहना गर्छन्, प्रेम गर्ने होइन ।
सत्य तीतो हुन्छ, जसरी समाजमा शास्त्रले स्थापित गरेका मान्यताहरू वाहिर गएर (विवाह नगरी, स्वगोत्रमा विवाह, शास्त्रले हुँदैन भन्ने अवस्थामा यौनजन्य क्रिया गर्ने) को बर्चश्व बढ्दै जाँदा विश्वको सम्पति आफ्नो होस् भन्ने मानसिकता भएका सन्तानहरू बढ्न थालेका छन् । आफ्ना आमाबुवा, दिदीबहिनी, गुरू वा मानवसहित पृथ्वीसंग प्रेम गर्ने मनको अभाव हुँदैछ ।
स्वस्तिअस्तु