पुनर्जन्मको प्रमुख कारण



डा. गोविन्दशरण उपाध्याय ।

संस्कृतमा वासनाको अर्थ हो कुनै विषयवस्तु भोग्ने चाहना जुन पूर्ण भएको छैन । वासना नै पुर्नजन्मको मुख्य कारक हो । श्रीमद्भागवतले मान्छेलाई “वासना“को त्याग गर्ने वा त्यो वासनालाई आराध्यदेव श्रीराधाकृष्णको उपासनामा केन्द्रित गर्ने अभ्यास गर्न अभिप्रेरित गर्छ । सत्य के हो भने मान्छेका चाहना अनन्त हुन्छन् तर वासना सीमित । ती सीमित वासना यतिबिध्न शक्तिशाली हुन्छन् कि यी पुनर्जन्मका प्रमुख कारण बन्छन् । मृत्युदण्ड दिने बखतमा ‘तिम्रो अन्तिम इच्छा के छ ?’ भनेर सोधिनुको कारण पनि कुनै असाध्य वासना बाँकी नरहोस् भन्नुनै हुन्छ । जतिधेरै बासना बलियो हुन्छ, व्यक्तिको भौतिक मृत्यु पनि तेतिनै गाह्रो भएको हामीले व्यबहारमा पनि सुनेका छौँ । यदि मृत्युको बेलामा “एक कचौरा मोही खाने धोको रहेको छ भने त्यो एक कचौरा मोहीको वासनामा प्राण अड्किन्छ । एक कचौरा मोही खाँदा साथ व्यक्तिको मृत्यु हुन्छ ।

उपनिषद् तथा पुराणहरूमा बासनालाई न्यून गर्ने वा वासनालाई आराध्यदेवतिर फर्काएर आराध्यदेव प्राप्तिको बासनालाई बलियो बनाउन प्रेरित गरिएको छ । श्रीमद्भागवतले बासनालाई श्रीराधाकृष्णको चरणतिर फर्काएर उहाँको सान्निध्य प्राप्त गर्ने सजिलो बाटो देखाउने काम भएको छ । हिँड्ने कि नहिड्ने सम्बन्धित व्यक्तिमा भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको