१२ जना चेला र गुरू जिसस



डा. गोविन्दशरण उपाध्याय ।

समयः ५ः ४५ (पर्वत)
मेरी भतिजी कथा आठमा पढ्छिन् । उनलाई पढ्न मन पर्छ । विद्यालयमा कसैले एउटा किताव दिएछन् । उसले ध्यानपूर्वक पढिन् । म घर गएको मौकामा निम्न संवाद भयो… ‘ठूलो बुवा, जिसस क्राइस्ट त ठुला गुरू थिए, होइन र ? ‘हो, उनी इसाई धर्मका संस्थापक पनि हुन् । विश्वमा डेढ खरव मान्छेहरू इसाई छन् । नेपालमा पनि इसाई छन् । ‘बाइबलमा त जिसस र तिनका साथीहरूले संगै रक्सी र मासु खानु भएको भनेर लेखेको छ नि ? “हो, उनले आफ्ना १२ जना साथीहरू पक्राउ पर्नु भन्दा केही वेला अगाडी विहानीपख मासु र रक्सी खाएका थिए । ‘अनि, यत्रो ठुलो गुरू भएर पनि कसैले अर्काको मासु र खान नहुने रक्सी खान्छन् त ?’ किन र ?

‘अर्काको मासु खाने मान्छे कसरी ऋषिमुनिजस्तो हुन सक्छ ? अनि, तेत्रो ठूलो गुरूले चेलासंग मिलेर रक्सी खाएको कुरा पनि राम्रो हो र ? चेला पनि गतिला थिएनन् जस्तो लाग्यो । ‘म (चूप)

‘यस्तो जड्याहा र मासु खाने मान्छेलाई गुरू भन्न मिल्छ र ? त्यसो हो भने रामे काकालाई (गाउँकै एकजना जांड प्रेमी) पनि सबैले गुरू बनाएर माने भैहाल्यो नि ? ‘अनि, तिमीले यी सबै कुरा कहाँ पढेको छोरी ? ‘अस्तिनै हाम्रो विद्यालयमा एकजना ‘विश्वासी’ आएका थिए, उनले यो किताव दिए (नेपाली बाइबल) र यो यहाँ (८४३ पृष्ठ) मा लेखिएको छ । ‘हाम्रा विष्णुहरी गुरूले त लसुन प्याजसम्म खानु हुँदैन भन्नु हुन्छ, मासु रक्सी त् छुन हुँदैन भन्नुहुन्छ । यो कितावको कुरा मान्ने हो भने रामे काकालाई मान्नु पर्यो, विष्णुहरी गुरूलाई होइन ?
‘होइन र ठूलोवुवा ?’
………………..
म चूप नै रहें । धर्मनिरपेक्षताको व्यवस्थामा जवाफ दिन मिल्दैन । यदि तपाईंहरूसंग छोरीका प्रश्नहरूको (तर्कहरूको उत्तर छ भने दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु-१९ महिला टी–२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित

लेखा समितिका सभापतिले राजीनामा नदिए संसद् बहिस्कार गर्नेसम्मको माओवादीको चेतावनी

काठमाडौं । प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामालाई प्रतिष्ठाको विषय

काठमाडौं महानगरपालिकामा सहकारीको ४ अर्ब ४९ करोड फिर्ताको माग गर्दै ६ हजार भन्दाबढी बचतकर्ताको निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरुबाट

संवेदनशील विषयमा कानुन बन्दा संसद छलेर अध्यादेश किन ?

सुमना श्रेष्ठ । विदेशी लगानी सम्बन्धी कानुनमा समयानुकुल परिवर्तन आवश्यक छ । तर