सामाजिक संजालका निन्दा र घृणा उद्यमीहरू !



केशवप्रसाद भट्टराई ।

१. पञ्चायत कालमा (२०३६ अगाडि) विचार राख्नेहरूलाई क्षणभरमै वडा अध्यक्ष र प्रधानपञ्चहरूदेखि चौकीका प्रहरी र हवल्दार हुँदै प्रजिअ, माननीय सवैले राष्ट्र बिरोधी अराष्ट्रिय तत्व (अ.त.) घोषणा गरिहाल्थे । पुलिस रिपोर्ट बेगर उसकालागि सार्वजनिक सेवामा प्रवेशदेखि व्यापार व्यवशायमा लाग्न समेत निषेध । पुलिस रिपोर्टमा ‘अ त’ उनका सन्तानकालागि समेत अध्ययन र छात्रवृत्तिमा समेत त्यस्तै निषेध हुन्थ्यो । २०३६ पछि राजा र व्यवस्था विरुद्ध लेख्न बोल्न धेरै खुला भयो तर इन्डो सोभियत लबी विरुद्ध बोल्नु –लेख्नु धेरै चुनौतीपूर्ण हुन थाल्यो ।

२. माओवादी बिद्रोह शुरू भएदेखि फरक विचारलाई प्रतिगामी, जनविरोधी, प्रगति विरोधी र क्रान्ति विरोधी भनेर धाकधम्की, हिंसा र बर्बर तरिकाले हत्याको समेत सिकार हुन थाले ।

३. मुलुकको वर्तमान राजनीतिक संस्कृति भनेको माथि उल्लेखित पञ्चायतकालीन ( २०३६ अघिको ) जस्तो र माओवादीको राजनीतिक संस्कृतिको फ्युजन हो भन्ने लाग्दछ मलाई । वर्तमान राजनीतिक व्यवस्था भित्रका विकृत र भ्रष्ट अभ्यास विरुद्ध बोल्नोस् र लेख्नोस् त ! अझ यी विकृत र भ्रष्ट अभ्यास विरुद्ध राजनीतिक विकल्प दिन्छु भनेर आउनोस् त तपाइँको व्यक्तित्व र चरित्रको हत्या गर्न सवै एक भएर आउँछन् । साविकका स्थापित राजनीतिक दलहरू वीच जति ठूला मतभेद र विवाद होउन –विकल्प दिन्छु भनेर आउने विरुद्ध खनिन उहाँहरू एक मत हुनुहुन्छ । उहाँहरुले रच्नुभएको वा उहाँहरू निमित्त बनेर आएको संविधानले दिएको प्रजातान्त्रिक हक र अधिकार उपभोग गरेर कोही दल बनेर आए , कोही स्वतन्त्र बनेर आए भने त विविध तरिकाले मुलुकमा केही गर्छु भनेर कोही आए भने त उहाँ हरू झन् खुशी हुनुपर्ने– संविधानको सर्वस्वीकार्यता बढ्यो , हामी सफल भयौँ भनेर ।

४. अनि हिजो नेपालमा इन्डो सोभियत लबी जत्तिको शक्तिशाली थियो वर्तमानमा सिनो–सोभियत लबी अझ शक्तिशाली बनेर आएको छ कसैले ती मुलुकका पक्षमा नदेखिने विचार व्यक्त गरोस त विभिन्न पार्टीका नेता कार्यकर्ता मिडिया, विज्ञ , विश्लेषक सामाजिक संजाल सवै एकैसाथ झम्टिन आइपुग्छन् । मण्डले पृष्ठभूमिबाट आएका राजावादी भनिनेहरू, त्यही पृष्ठभूमिबाट कम्युनिस्ट बनेकाहरू, माओवादीहरू, माओवादी एमाले र काङ्ग्रेसहरू सवै सोहोरिएर गाली र निन्दा बर्षाउन बेरै मान्दैनन् ।

प्रचण्डको निन्दा र विरोधगर्दा आनन्द मान्ने माओवादीहरू, ओलीको निन्दा र विरोध गर्दा सन्चो मान्ने एमालेहरू, राजा ज्ञानेन्द्रको विरोध गर्दा हो हो भन्ने राजावादीहरू रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङ्को विरोधको ‘व’ उच्चारण गरे पनि पाखुरा सुर्किन आइपुग्छन् । तपाइँ अमेरिकी साम्राज्यवादको, युरोपियन युनियनको दलाल,सि.आइ.ए. एजेन्ट बनिहाल्नुहुन्छ । भारतसँगको सम्बन्धमा अलि जिम्मेवार कुरा गरे ‘रअ’ एजेन्ट   ।

५. त्यो पनि एक किसिमको हिंसा हो, हिंसक प्रवृत्तिका मानिसको शौख हो त्यो । मैले बुझेको र पढेको कुरा भने एउटा ‘रअ’ सिआइए वा एम.एस.एस. वा. जि.ए.बी.(चीन)को एउटा एजेन्टलाई मात्रै कोही अर्को कुनै अर्को देशको जासूसी संगठनको एजेन्ट हो भन्ने थाहा हुन्छ, अनुमान हुन्छ । संसारमा नेपाल यस्तो मुलुक हो जहाँ सामाजिक संजालका निन्दा र घृणा उद्यमीहरू, अनलाइन र युट्युब पत्रकारहरू अनुहार हेरेर कसैको एउटा स्टाटस पढेर वा एउटा अन्तर्वार्ता पढ्ने वा सुन्ने बित्तिकै ठाडै घोषणा गरिदिन्छन् यो त्यसको एजेन्ट भनेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी