सिक्किम विलयमा नेपाल,पाकिस्तान र चीन कनेक्सन



केशवप्रसाद भट्टराई ।

१. जनमत संग्रह समेत गरी विधिवत भारतीय संसदले सिक्किमलाई भारतीय सङ्घमा सामेल गरेको घोषणा मे १९७५मा भएको भएपनि त्यसको वर्ष दिन अघि नै सिक्किम पूर्णत भारतीय नियन्त्रणमा आइसकेको थियो । सोही क्रममा जुलाई १९७४मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर चीन भ्रमणमा थिए । अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एनलाई वृद्धावस्था र रोगका कारण लामो वार्तामा बस्न सक्ने अवस्था नभएकोले वार्तामा चिनियाँ पक्षको नेतृत्व उप प्रधानमन्त्री तेङ्( देङ्) सियाओ पेङ्गले गरेका थिए । वार्ताको क्रममा देङ्ले किसिन्जरलाई सिक्किम त्यसैपनि भारतको पूर्ण सैन्य नियन्त्रणमा थियो त्यसैले सिक्किममाथि किन सोझै शासन गर्ने आवश्यकता भारतले देख्यो त्यो बुझ्न नसकिएको बताए ।

देङ्ले किसिन्जरलाई के पनि बताए भने सिक्किमलाई आफूमा गाभेर पनि उक्त क्षेत्रमा भारतले चीन विरूद्ध आफ्नो सैन्य स्थितिलाई थप सशक्त बनाउन सकेको छैन । सिक्किम विलयपछि चीनलाई पूर्ण घेरावन्दीमा पार्न सकेको भ्रम भारतीयहरूलाई भएको तर उनको विचारमा त्यो बेकार थियो ।

देङ् अनुसार चीनलाई एक्ल्याउने वा घेरावन्दीमा पार्ने भन्ने कुरो भारतीय क्षमताभित्रको कुरै होइन । भारतले बढी भन्दा बढी गर्न सक्ने भनेको ऊ जसोतसो गरेर तिब्बतमा ल्हासा सम्म पुग्न सक्दछ ।

देङ्ले भने– ’तर ल्हासा भारतको लागि रणनीतिक रूपमा खासै महत्व राख्ने स्थान होइन क्ष् ल्हासा तीन हजार मिटर माथिको भूभाग हो ।
(ल्हासा समुद्र सतहदेखि ३६६५ मिटर उचाईमा छ र तिब्बतको सरदार उचाई ४, ३०० मिटर रहेको छ ।) त्यहाँ पर्याप्त अक्सिजन छैन । भारतीयहरू त्यहाँ सास फेर्न नसकेर निसास्सिने छन् । लङ्ग मार्चमा तिब्बत त पुग्दा हामीलाई त्यो अनुभव भयो । हामी त यतिखेर ल्हासा पुग्न सकेनौ । तिब्बतको दक्षिण भागसम्म मात्रै हामी पुग्यौँ । त्यहाँबाट एक पाइला अघि सार्न नसकेपछि हामी फर्कियौँ ।देङ्को भनाई पछि किसिन्जरको भनाई थियो– ’ भारतको लक्ष तिब्बत नभएर नेपाल हुनुपर्दछ । देङ्ले सहमतहुँदै सत्य त्यही नै भएको बताए र भारतले नेपालमाथि निरन्तर दवाव बढाइरहेको र पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइरहेको छ सम्पूर्ण दक्षिण एसियालाई आफ्नो नियन्त्रणमा ल्याउने नेहरूको सपनालाई साकार पार्न उनकी छोरी काम गरिरहेकी छन् –भने ।

त्यसपछि ब्रिटेनले जस्तै भारतको वरिपरी बफर क्षेत्र निर्माण गर्ने उनको लक्ष हुनुपर्दछ भन्ने किसिन्जरको विचार थियो । साथै सो वार्तामा किसिन्जरले आफ्नो विचार प्रस्तुत गर्दै भने कि भारतले चीनमाथि आक्रमण गर्ने कुरालाई स्थानीय परिवेशमा मात्रै बुझ्न सकिन्न एउटा व्यापक र वृहत लक्ष अन्तर्गत त्यस्तो आक्रमण हुन सक्दछ । अर्थात् त्यस्तो आक्रमणको लक्ष तिब्बत नभएर भारत र सोभियत सङ्घको वृहत रणनीति अन्तर्गत विशाल स्तरको युद्ध हुन् सक्दछ भन्ने आशंका किसिन्जर र देङ्ग दुवैले सांकेतिक रुपमा गरे र त्यसका विविध पक्षहरूबारे चीनले गम्भीर अध्ययन गरिरहेको देङ्को भनाई थियो ।

(स्रोतः फरेन रिलेसन्स अफ दी युनाइटेड स्टेट्स १९६९–१९७६ , भोल्युम,डिपार्टमेन्ट अफ स्टेट,२००७ पृष्ठ ६१६–६१७)

२. डिसेम्बर ४, १९७५मा बेइजिङ्गमा सिक्किमको प्रसङ्ग जोड्दै अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डले देङ्ग लगायतका चीनियाँ नेताहरूसँगको वार्ताको क्रममा सोधे “के नेपालमाथि भारतीय आक्रमणको खतरा छ ?“ देङ्को जवाफ थियो– नेपालले पनि त्यो खतराको अनुभव त गरेको छ तर वर्तमानमा भारतले नेपाल विरुद्ध सैनिक हस्तक्षेपको सम्भावना भएको लाग्दैन । राष्ट्रपतिको प्रश्न सँगै किसिन्जरको जिज्ञासा थियो – कुनै दवाव !

उप प्रधानमन्त्री देङ्को उत्तर थियो– “मूख्य कुरो के हो भने वर्तमान परिस्थितिमाथि नेपालका राजा र नेपाल सरकारको पूर्ण नियन्त्रण छ । भूपरिवेष्टित मुलुकको रूपमा नेपालको सम्पूर्ण यातायात र सञ्चार प्रणालीमाथि भारतको नियन्त्रण छ –यो नै नेपालको सवैभन्दा ठूलो चुनौती र समस्या हो । यसमा अमेरिकाले नेपाललाई धेरै सहयोग गर्न सक्दछ । हामी हाम्रो क्षमताले भ्याएसम्म गरिरहेका छौँ , हाम्रामाझ परस्पर राम्रो सम्बन्ध छ । आपसी विश्वास छ । तर हामीले नेपाललाई खासै सहयोग गर्न सक्दैनौ,सकिरहेका छैनौ ।

सम्भवत तिब्बतमा हाम्रो रेल लाइन पुगेपछि अलि बढी सहयोग गर्न सक्छौँ कि ?“ राष्ट्रपति फोर्डले देङ्लाईबताए “ म आफ्नो एक घनिष्ट मित्र मारक्वुटा मेट्यागलाई नेपालमा राजदुत बनाएर पठाउँदै छु ।“ किसिन्जरः “यसले पनि हामी नेपालसँगको सम्बन्धलाई कति महत्व दिन्छौँ भन्ने कुरालाई प्रष्ट गर्दछ“ । देङ्ः “नेपाललाई सहयोग गर्नु पर्दछ क्ष् महत्वपूर्ण कुरो के हो भने नेपाल लडाकु राष्ट्र हो र ऊ सिक्किम र भुटान होइन“
(स्रोत ऐजन पृष्ठ ८८८ )

३. अमेरिका र चीनका उच्च नेतृत्वको वार्ताको क्रममा बारम्बार सिक्किम र नेपालको सन्दर्भ आएको परिवेशमा के बुझ्नु आवश्यक छ भने सिक्किम विलय लगत्तै भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको तराईमा चीनियाँहरूको बढ्दो उपस्थिति, भारतमा माओवादीहरूको हिंसात्मक गतिविधिमा निरन्तर भैरहेको वृद्धिको स्थितिमा नेपालको तराई क्षेत्र भारतीय सुरक्षाको दृष्टिले निकै संवेदनशील भएकोले नेपालबाट तराईलाई छुट्याएर भारतमा गाभ्ने गृह कार्य रअका प्रमुख रामेश्वरनाथ कावलाई दिएकी थिइन् ।

(स्रोत रअ का पूर्व अधिकारी आर. के. यादव लिखित पुस्तक मिसन रअ, पृष्ठ २६३)
४. सिक्किमको सवालमा एउटा विचारणीय पक्ष के छ भने भारतले १९४९मा भुटानसँग १९५० मा नेपाल र सिक्किमसँग छुट्टा छुट्टै सन्धि गर्यो । नेपालसँगको उक्त सन्धिमा उसले नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई मान्यता दिएको छ । भुटानलाई आन्तरिक मामिलामा मात्रै स्वतन्त्रता प्रदान गरेको थियो । वाह्य सम्बन्ध भारतले निर्देशन गरेबमोजिम हुने उल्लेख गरेको थियो ।

तर सिक्किमलाई भारतको संरक्षित राज्य घोषणा गरेर उसको आन्तरिक स्वायत्ततालाई मान्यता दिएको तर सिक्किमको प्रतिरक्षा र भौगोलिक अखण्डताको रक्षा भारतको दायित्व हुने र भारत सरकारले आवश्यक देखेमा सिक्किम भित्र जुनसुकै स्थानमा पनि भारतीय सेना तैनाथ गर्न सक्ने अधिकार उसलाई रहेको उल्लेख उक्त सन्धिको तेस्रो धाराले गरेको थियो ।

५. भारतीय स्वतन्त्रतासँगै खास गरेर सिक्किमका नेपाली मूलका व्यक्तिहरू लेप्चाहरूको प्रभुत्व रहेको सिक्किमको वंशानुगत शासन अन्त्य होस् र सिक्किम भारतीय गणराज्यकै अङ्ग बनोस भन्ने चाहन्थे तर सिक्किमको परम्परागत पहिचानको रक्षा पनि होस् र सिक्किममा भारतको सुरक्षा हित पनि सुरक्षित रहोस भन्ने नेहरूको चाहना अनुसार नै १९५०को सन्धि भएको थियो । अर्को कुरा, सिक्किमका राजा टाशी नामग्याल र भारतीय प्रधानमन्त्री नेहरूको सम्बन्ध मित्रवत थियो । सिक्किम नरेश नेहरूका ठूला प्रशंसक थिए । सिक्किमको राजगद्दीका उत्तराधिकारी तेञ्जिङ्ग कुनजाङ् जिग्मे नामग्यालको सिक्किममै एउटा कार दुर्घटनामा परेर निधन भएको कारण टाशीका माइला छोरा पाल्देन थोन्डुप नामग्याल राजगद्दीको हकदार बनेका थिए ।

६. उनका बाबुले राजकाजको अनुभव गर्न उनलाई नेहरू निवाशमा पठाएका थिए । उनी नेहरूको परिवारकै सदस्यको रुपमा रहे । इन्दिरा गान्धी र उनको उमेरमा पाँच –छ वर्षको मात्रै अन्तर थियो । दुवैमा मित्रवत सम्बन्ध थियो । उनकी प्रथम पत्नीको निधनपछि नेहरूकै ठूलो प्रशंसक रहेकी एक अमेरिकी महिला होप कुकसँग दार्जिलिङ्मा उनको भेट भयो । विवाह गरे । होप कुकको सिआइएसँग कुनै सम्बन्ध थिएन तर सिक्किम नरेश अर्थात् चोग्यालसँग विवाह भएपछि उनको महत्वाकांक्षा बढ्यो । सिक्किमलाई स्वतन्त्र राष्ट्र बनाएर एउटा स्वतन्त्र राष्ट्रको महारानी हुने उनको महत्वाकांक्षा बढ्दै गयो । सिक्किमकी रानीको हैसियतमा अमेरिकाका उच्च अधिकारीहरूसँग उनको सम्पर्क सञ्जाल बढ्दै गएपछि सिआइएको पनि उनमा रूचि त बढ्यो तर उनको सिआइएसँग प्रतक्ष सम्बन्ध नभएको स्वयम् रअका अधिकारीहरूले उल्लेख गरेका छन् ।

७. चोग्याल र उनकी पत्नीको महत्वाकांक्षा झनझन् बढ्दै गयो । मुलुक भित्रको आन्तरिक असन्तोष व्यवस्थापन गर्नमा कुनै रूचि नदेखाएका कारण यता विरोध बढ्दै गयो । त्यो विरोधलाई भारतले आफ्नो रणनीतिक लक्षमा जोड्दै गयो उता राजा र रानी १९५०को सन्धिलाई संसोधन र परिमार्जनगर्ने माग राख्दै भारत र सिक्किमवीच गोलमेच सम्मेलन माग गर्न थाले । अंग्रेज सरकारसँगको पुरानो सन्धि अनुसार सिक्किमले तत्कालीन ब्रिटिस सरकारलाई हस्तान्तरण गरेको दार्जिलिङ्ग सिक्किमलाई फर्काउन माग गर्न थाले । होप कुकले अमेरिकामा सिक्किमको स्वतन्त्रता को र राष्ट्र सङ्घमा सिक्किमको सदस्यताको लागि एउटा लबी पनि बनाइन । यस्ता कुराहरूले भारत झन् झन् झस्किदै गयो ।
क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको