प्रेसको बिरादरी



जेपी गुप्ता ।
प्रेसको बिरादरी ठूलो भएको छ । राजनीतिक दलका कार्यकारी पदाधिकारी, संवैधानिक अंगका व्यक्तिहरूदेखि लिएर अदालतका न्यायाधीशहरू समेतको प्रेससँग संलग्नता रहेको छ। प्रहरीका हाकिमहरूसँग प्रेस पास रहेको भनिन्छ । हरेकजसो राजनीतिक दलको प्रेस सम्बन्धि भातृ संगठन छ । यसका अतिरिक्त हिमाल, पहाड, मधेस र दलित, आदिवासी, अल्पसंख्य, खस–आर्य तथा पेशागत संगठनहरूको पनि प्रेस सम्बद्ध भातृ निकायहरू छन् । स्थानीय निकाय, प्रदेश स्तर तथा संघीय सरकार र यसका विभिन्न निकायहरूमा प्रेस हेर्ने भनी कयौं राजनीतिक नियुक्तिका ठाउँहरू छन् । लोक कल्याणकारी विज्ञापन, कर्पोरेट विज्ञापन, बडाबडा मानिसहरूका नाममा स्थापित प्रतिष्ठानहरूबाट साना–ठूला रकमहरूको अनेकौ पुरष्कारहरू प्रेसबालाहरूका लागि आरक्षित रहेका छन्। सामाजिक संजालका जस्तै बिद्युतीय माध्यमहरूमा आधारित प्रेसले त यस संख्यालाई ह्वातै बढाएको छ ।

यसका साथै अमेरिकी प्रायोजनको ‘एमसीसी’ को प्रेस, ‘बेल्ट एण्ड रोड’ को प्रेस, जुछे विचारधारादेखि भारतीय दुतावास, चिनियाँ दुतावास तथा विभिन्न दुतावासहरूको प्रेस पनि बृहद् छ । क्रिश्चियन धर्मान्तरण हौस्याउने, भारतका राष्ट्रिय स्वयंसेवक संघको, बहाईहरूका, इस्लामी स्वार्थका पोषण गर्नेहरूका, पुटिनका, मोदीका सबैका नेपाली प्रेस छन्।

भारतका ‘आजतक’, इण्डिया टुटे, दैनिक भास्कर, पाँचजन्य तथा चीनका ग्लोबल टाईम्स, पिपुल्स डेलीसम्मका नेपाली प्रेस छ । अख्तियार र सर्वोच्च अदालत, मानव अधिकार आयोग, सम्पति शुद्धिकरण, आयल निगम, सरकारी र निजी विमान कम्पनीहरू सबैको प्रेस छ। पूर्व राजा, पूर्व राष्ट्रपति, सेनाका बहालवाल प्रधान सेनापति तथा रिटायर्ड, यसै प्रकारका जनपद–शसस्त्र, गुप्तचर सबैको प्रिय प्रेस छ। गहिरिएर बिचार गर्नु भएको छ? सेना र शसस्त्रले बर्षै पिच्छे चार्टर्ड विमानमा प्रेसलाई “नेपालबाट शान्ति सेना खटिएका द्वन्द्वग्रस्त मुलुकहरूको” अवलोकन भ्रमण गराई रहेको हुन्छ। यी सबैलाई राज्यले पनि कुन न कुनै रूपमा संरक्षण गरिरहेको छ। तपाई “चौतारी” “समाजवाद” “युनियन” “फोरम” यि नामधारीहरूका सदस्य संख्या, जुन स्वयं यिनीहरूले नै सार्वजनिक गरेका छन्–यस संख्यालाई बिचार्नु भयो भने स–साना जिल्लाका मतदाता संख्यालाई नाघ्ला।

यदि यिनीहरूका अधिवेशन वा सम्मेलन भयो भने पुरै सामाजिक संजाल यिनका पक्षधरहरूको कब्जामा जान्छ। अनि नयाँ पदाधिकारीहरू चुनिएपछि त झन्‘.”जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बधाई‘.” जस्तो कुराले जनजीविकाका सवालहरूलाई महिना भरका लागि छेउ किनारा लाइदिन्छ।

संसारका सम्मुनत् मुलुकहरूमा ‘मिडिया’ले राजनीतिक दलहरूका बारेमा थोरै पक्षधरता राख्छ । बिशेषतः चुनावहरूका बेलामा, युद्धका बेलामा वा विश्व अर्थ व्यवस्थामा गहिरो प्रभाव पार्ने ठूलो नीतिगत निर्णयहरू लिइएको बेलामा प्रेसको सावधानीपूर्वकको पक्षधरता देखिन्छ। यसका लागि प्रेसले सत्यानाशसम्मको मूल्य पनि चुकाउनु परेको हुन्छ। हामी कहाँ त्यसो हुँदैन, यहाँ त कछाड लाएर प्रेसका मित्रहरू (अरिंगालको गोलोबाट जोगिन मित्र भनेको हुँ) राजनीतिक दलका कार्यभार नै बोकिदिनु हुन्छ । “नथिंग इज हिडेन, अल इन प्रिन्ट” मलाई त यस्तै लाग्यो। हजूरहरूलाई कसो लाग्छ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको