बजार शास्त्रका पात्रहरूले कसरी अर्थतन्त्रलाई चलायमान पारेका छन् ?



जेपी गुप्ता ।
व्यवसायको अत्यन्त पुरानो, शायद शताब्दीऔं अघिको रूप हो वस्तु विनिमय प्रणाली (वार्टर सिष्टम) जो आज पनि थोरै परिवर्तित रूपमा हाम्रो समाजमा विद्यमान छ। तराई क्षेत्रमा लाग्ने हाटहरूमा यसको उपयोगी रूप देख्न पाइन्छ । चट्टीहरू (हाटमा जुटका बोराहरूलाई जोडेर बनाईएको अलिक ठूलो ओछ्याउने चट्टी) मा उत्पादक किसानले थोरै तोरी, मकै, मसुरी र मुंगका दालहरू पस्केका हुन्छन्। अर्का किसान जो प्याज, आलु, लसुन वा अदुवा उब्जनी गरेका हुन्छन–यी वस्तुसँग आफूलाई चाहिने वस्तु साट्छन् । देख्दा अनौठो लाग्छ, जब खुंगीमा कोचिएको लोकल कुखुरा दिएर बाख्राका पाठा पाठी घिसार्दै लान्छ। पहिले पहिले पंचायतहरूले अहिले वडा कार्यालयहरूले हटिया ठेकेदारमार्फत चट्टी संकलन (हाट कर) गरेर आज पनि यस प्रणालीलाई वैधता दिएको छ । तपाईंसँग १०/२२ किलो धान छ भने धान दिएर बेसार, नून, माछा र सागसम्म साटने यो प्रणाली जिउँदै छ।

हालै काठमाडौंका सडक पेटी छेउमा मकै पोलेर बेचिरहेका गरिबहरूलाई महानगरपालिकाले लछारपछार गरेको कुरा चर्चाको बिषय बन्यो। कुरा सेलायो। तर जबसम्म मोरङ कर्सियाको हाटमा किसानले आफ्ना स–साना उत्पादनसंग जीवन धान्ने अरू स–साना वस्तु जिनीसहरू साटेर जीवनचक्र चलाएको बुझिन्न् वा जब भद्रपुरका सडक पेटी छेउमा आदिवासी महिलाहरूले यस्तै बस्तुबाट स्वादिलो ‘भक्का’ साटेको ग्रामीण अर्थशास्त्रको पांग्रा घुमेको जानिन्न–गरिब समाजको अन्त्योदयको योजना बुझिन्न् ।

यस बजार शास्त्रका पात्रहरूले कसरी अर्थतन्त्रलाई चलायमान पारेका छन्, यो बुझ्न आउनुस् आगोको वर्षा भैरहेका मधेसका हाट बजारहरू थोरै घुमौं तर बुझ्ने जान्ने निर्मल मनका साथ। कसो त काठमांडू तिर रहनु भएको मेरा पुराना मित्रहरू ? आउनुस् यताका हटियामा भेटौं सरहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा समितिका सभापतिले राजीनामा नदिए संसद् बहिस्कार गर्नेसम्मको माओवादीको चेतावनी

काठमाडौं । प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामालाई प्रतिष्ठाको विषय

काठमाडौं महानगरपालिकामा सहकारीको ४ अर्ब ४९ करोड फिर्ताको माग गर्दै ६ हजार भन्दाबढी बचतकर्ताको निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरुबाट

संवेदनशील विषयमा कानुन बन्दा संसद छलेर अध्यादेश किन ?

सुमना श्रेष्ठ । विदेशी लगानी सम्बन्धी कानुनमा समयानुकुल परिवर्तन आवश्यक छ । तर

अध्यादेशले शासन संचालन गर्न खोज्नु गलतः कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले अध्यादेशले शासन संचालन गर्न लागेको