शेखर, गगन, विश्वप्रकाश र धनराजहरूले सक्लान् प्रचण्डहरूको सत्ता स्वार्थको जालो तोड्न ?



केशवप्रसाद भट्टराई ।
१. आफ्ना खुद्रा सत्ता स्वार्थका लागि विगत र वर्तमानका काङ्ग्रेस नेतृत्वहरूले प्रचण्डहरू समक्ष समर्पण गर्न नसक्ने कुनै मूल्य,विश्वास र सँस्था नेपालमा रहेनन्, उनीहरूले प्रचण्डहरूलाई काङ्ग्रेस पार्टी पनि लिजमा दिएको जस्तो बुझिन्छ । निर्णयहरूले भन्छन् त्यो । त्यस्तो अवस्थामा सर्वोच्च र चोलेन्द्र किन अपवाद रहन्थे ? नत्र मन्त्रालयमा भाग खोजेको समेत अभियोग चोलेन्द्र माथि छ । भाग माग्ने पो चोलेन्द्र समशेर, भाग दिने , भाग लगाउने ? भाग दिने भनिएका व्यक्ति वर्तमान प्रधानमन्त्री भएको सार्वजनिक भएको होइन ? अनि प्रचण्डहरूको आशिर्वाद र वरदान थाप्ने उद्देस्यले त्यो आरोपसमेत उल्लेख गरेर लगाइएको महाभियोगको समर्थक प्रधानमन्त्री देउवा मन्त्री मण्डलमा नेपाली काङ्ग्रेसलाई प्रतिनिधित्व गरेर जाने मन्त्री र काङ्ग्रेस सचेतकहरू छन् । परोक्ष आरोप प्रधानमन्त्रीमाथि छ , प्रधान मन्त्रीका मन्त्री, संसदीय दलमा उनले मनोनित गरेका प्रमुख सचेतक र उनका सांसदहरू छन् ।

२. अनि चुनावी गठबन्धनको के कुरा ?
प्रचण्डहरूको राजनीतिक र आर्थिक हितहरूका लागि सरकार र काङ्ग्रेसलाई समर्पण गरेर उनीहरूलाई भोलिका लागि प्रधान मन्त्री, मूख्यमन्त्री, मन्त्री, सांसद, स्थानीय निकाय प्रमुख बन्नु बनाउनु छ । कतिलाई कति ठाउँमा राजनीतिक नियुक्ति भ्याउनु छ । त्यसकोलागि राल चुहाएर बसेका मुलुकभरीकालाई समेट्नु छ । त्यस कारण गठबन्धन प्रचण्डहरूको भन्दा पनि काङ्ग्रेस नेतृत्वमा रहेका लोभी –पापीहरूको वाध्यता र विवशता हो ।

३. चुनावमा गठबन्धन पक्का जस्तै छ !
वहुमत गठबन्धनकै पक्षमा देखिन्छ । त्यसैले भएर नै छोड्छ ??? एक्लाएक्लै जाँदा बहुमत आए काङ्ग्रेस कै आउने हो । गत निर्वाचनमा काङ्ग्रेसले पाएको कूल मत र माओवादी र हिजोका एमालेहरुले पाएको कूल मत हेरे हुन्छ नी । तर त्यसो गर्दा काङ्ग्रेस भित्र धेरै लेन देन मिलाउनु पर्ने तर गठबन्धनमा गए अरुलाई देखाएर पन्छिन पाइने भएकोले काङ्ग्रेस नेतृत्व गठबन्धनमा जान्छ । गठबन्धन नहुने हो भने माओवादी र समाजवादीलाई एमालेले काँचै –––??? र त्यो केही वाह्य शक्तिहरू को स्वार्थ अनुकूल पनि नहोला !
त्यसैले गठबन्धन बाहिरकाको पनि स्वार्थ हुन सक्छ । तर हेरौँ, शेखर,गगन, विश्व,धनराजहरूले कत्तिको सक्छन् –काङ्ग्रेस नेतृत्वमा रहेकाको र प्रचण्डहरूको सत्ता स्वार्थको जालो तोड्न । माथि उल्लेख गरिएको जस्तो लिज बदर गर्न !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट