श्रीमद्भगवद् गीताको वर्ग-सिद्धान्त



डा. गोविन्दशरण उपाध्याय ।
सेवाकार्यमा लाग्नेहरू चार किसिमका हुन्छन्–आर्त, जिज्ञासु, धनसम्पति चाहने र ज्ञानी । आर्तश्रेणिका मान्छेहरू जीवनधान्न कठोर परिश्रम गर्छन् । उनीहरूका लागि सबैभन्दा मुख्य कुरा नै आफ्नो र परिवारको भरणपोषण गरेर जीवित रहनु हुन्छ । बर्तमान समयमा आर्त–समुदायको (विभिन्न कारणले आत्तिएको) उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ । बलिया राष्ट्रहरूले समेत जनतालाई “कामदार“ बनाएर शोषण गरिरहेका छन् भने करबाट उठेको धन “एटमबम“जस्ता विनाशक हतियारहरू र आफ्नो स्वार्थ सिद्धिका लागि देश, समुदाय र व्यक्तिका बीच द्वन्द गराउन प्रयोग गरिरहेका छन् ।

दोश्रो समुदाय अर्थार्थी अर्थात् धनसम्पत्तिको चाहना राखेर सेवा गर्ने । पूँजीवाद र साम्यवादले अत्याधिक रूपमा प्रोत्साहन गरेको यही वर्ग हो । यो वर्गलाई जतिधेरै सम्पत्ति भए पनि पुग्दैन । विश्वको सबैभन्दा धनी मान्छेले दैनिक एक करोडको दरले खर्च गर्दा पनि ७०० वर्ष लाग्ने छन् तर ती सबै अझैं सम्पत्ति जोड्न चाहन्छन् । अर्थार्थी यस्तो समुदाय हो जसको सबै लक्ष केवल सम्पत्ति जोड्नु हुन्छ । आजको शिक्षा सम्पत्ति आर्जन गर्न र त्यो थुपार्नमा केन्द्रित छ । धेरै सम्पत्ति थुपार्न सक्ने मान्छे “सफल“ मानिन्छ । विश्वका ९० प्रतिशत द्वन्द्वहरू “सफल“ बन्ने प्रतियोगिताले निम्त्याएको छ ।

तेश्रो वर्ग जिज्ञासु (विश्वका हरेक घटना त्यो चाहे भौतिक होस् वा आध्यात्मिक) हो । यो वर्गमा पण्डित, अनुसन्धाता, वैज्ञानिक, सिद्धान्तकार तथा बौद्धिक व्यक्तिहरू हुन्छन् । यो वर्ग आफ्नो जिज्ञासु र अनुसन्धाताको शीपका कारण अर्थ जोडेर घरगृहस्थी चलाउन सक्ने क्षमता प्राप्त गरेको हुन्छ । मूलतः आध्यात्मिक. वैज्ञानिक, राजनैतिक , सामाजिक तथा आर्थिक सिद्धान्तहरूको निर्माण गरेर समाजको दिशानिर्देशन गर्छन् ।

चौथोवर्ग “ज्ञानी“ हो जसले उपरोक्त सबै वर्गको न्युनाधिक वर्गीय अनुभव गरेको हुन्छ र जीवन र जगतको सम्वन्ध विवेकीय दृष्टिकोणले परिभाषित गर्दै जीवन यापन गर्छ । सामान्यता, उपरोक्त पछिल्ला दुईवर्गका लागि “ज्ञानी“वर्ग असमान्य हुन्छ । विश्वको अस्थिरता, नश्वरता तथा समस्याहरूको मूलमा काम, क्रोध, लोभ मोहजस्ता व्यक्तिगत चाहाना र तिनको आपूर्तिको लागि कठोर सङ्घर्ष नै समस्याको जरोका रुपमा आत्मअनुभूति गरेका ज्ञानीहरू संसारप्रति तटस्थ हुन्छन् । ज्ञानी–वर्गले संसारका सबै घटनाहरूलाई “प्रकृतिका क्रियाकलाप“का रुपमा बुझेर सहजरूपमा स्वीकार गर्छन् । यदाकदा एस्ता ज्ञानीहरू सामाजिक सेवाको ऊच्चआदर्श प्रस्तुत गर्दै मृत्युलाई आलिंगन गर्छन् ।

ज्ञानी वाहेकका तीनवर्गहरू सधैं “समस्या र तिनको समाधान“मा केन्द्रिकृत रहेर आलापविलाप गरिरहेका हुन्छन् भने ज्ञानीवर्गले समस्या र समाधानलाई प्राकृतिक क्रियाकलापको अंग मानेर आसक्तिरहित भएर उपयोग गर्छन् । यहाँ एउटा तथ्य उल्लेख गर्नुपर्छ माथिल्ला तीनवर्गले ज्ञानीवर्गलाई उल्टोबाटोमा हिंडिरहेको देख्छ भने ज्ञानीवर्गका लागि उपरोक्त तीनैवर्ग प्राकृतिक स्वभावका रुपमा बुझ्ने गर्छन् ।

भगवान् श्रीकृष्णले गीताको ७.१६ श्लोकमा (चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन।आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ।7.16) संसारका हरेक व्यक्तिहरू चारवर्गमा विभाजित भएर सक्रिय छन् र म परमात्मारूप प्रकृतिलाई फरकफरक आवश्यकताअनुसार बुझ्ने र भोग्ने गर्छन् भन्नुभएको हो । भगवान्ले “सुकृतिनो जना“ भनेर स्वकीय गुण अनुसार स्वाभाविक रूपमा जीवन यापन गर्ने व्यक्तिहरूलाई सम्बोधन गर्नुभएको हो । धेरै आश्रम भएका, धेरै चेलाचेलीहरूले घेरिएका, आधुनिक सुखसाधन सम्पन्न “गुरू“हरू अर्थार्थिको श्रेणीमा पर्छन् । ज्ञानीहरू चेलाचेली, चिल्ला गाडी, महलजस्ता आश्रमको चक्करमा पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी

कसै न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा विकासको गति बढाउन नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था

अबको विश्व अर्थतन्त्र भनेको डिजिटल अर्थतन्त्र नै हो

रेखा शर्मा । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको

४२ डिग्री सेल्सियस तापक्रममा बर्खाका लागि ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा रहेको महोत्तरीको प्रचण्ड रापसँगैको तातो हावाका