गीता, पान र राजनीति



डा. गोविन्दशरण उपाध्याय ।
आचार्य खेमराज केशव शरण र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई दूवै वित्नुभयो । आचार्य खेमराजले मलाई स्व. कृष्णप्रसाद भट्टराईको डेरामा रुद्री (रुद्राभिषेक) गर्न पठाउनु भयो । तीनदिनमा रुद्राभिषेक सम्पन्न गरियो–यजमान नै भट्टराईजी हुनुभयो । उहाँ हिन्दू धर्ममा असाध्यै निष्ठावान हुनुहुन्थ्यो र हरेक समय रमाइलो पाराले बोल्ने र धेरैजसो युवकहरूलाई “तँ“ भनेर विनोद गर्नुहुन्थ्यो । अर्को कुरा, रुद्राभिषेकमा धेरै भेट लिएर आउनेहरूप्रति उहाँ त्यति मित्रवत हुनुहुन्थेन । कुरा आफै बुझौं ।

कहिल्यै पनि मान्छेको नाम र अनुहार नविर्सने उहाँको बानी गज्जव लाग्यो । मैले एकदिन उहाँलाई सोधें “तपाईं कसरी हरेक मान्छेलाई नाम र अनुहारले चिन्न सक्नुहुन्छ बीस वर्षपछि ? उहाँले हाँस्दै भन्नुभयो “तँ विद्यार्थी होस् भने तेरो पेसा पढ्नु हो । कृषकको पेसा विउबिजन र खेतीपाती गर्न जान्नु हो । म राजनीति गर्छु भने मैले मान्छेको खेती गर्न जान्नुपर्छ । मैले मान्छे चिन्न सकिन भने मैले राजनीति नगरे हुन्छ ।“
राजनीति गर्नेले मान्छेको खेती गर्न सक्नुपर्छ । मैले बीसवर्ष अगाडी चिनेको मान्छेलाई नामले बोलाउँदा उ कति खुसी हुन्छ ? यही मेरो शक्ति हो । आजका नेताहरू एक पटक जनताले भोट दिएर सत्तामा पुगेपछि आफू, आफन्त र पैसा कमाउन चाँजोपाँजो मिलाउने दलाल वाहेक कुनै पनि भुई मान्छेलाई चिन्दैनन् । त्यसैले आजका सत्ताधारीहरू कृष्णप्रसाद भट्टराईलाई पनि चिन्दैनन् ।

स्व. कृष्ण प्रसाद भट्टराई मन र व्यबहार दूवैले सन्त तथा स्व. सुशील कोइराला निष्कपट नेता लाग्छ मलाई । अझैं थप, भट्टराईजीका कोठामा धेरै ग्रन्थहरू थिए ती मध्ये उहाँले सबैभन्दा बढी रुचाउने गीता हो भन्नुहुन्थ्यो । गीता, पान र राजनीति भट्टराइजीका प्रिय पुस्तक र व्यसन थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यू, के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होइन ?

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन

जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ?

-विद्यादेवी भण्डारी नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने

सरकार परिवर्तनको कुरा भ्रम सिर्जना गर्ने कोसिस मात्र होः एमाले

काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै

के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

नारायण न्यौपाने/अशोक घिमिरे, काठमाडौँ । राजनीतिक दलका युवा नेताहरुले समृद्धि, सुशासन, सामाजिक न्याय,