भविष्यको हिन्दू



डा. गोविन्दशरण उपाध्याय ।

सन् १८०० सम्म विश्वमा स्थानीय धर्म–संस्कार मान्नेहरूको सङ्ख्या सबैभन्दा बढी थियो । हिन्दू धर्ममान्ने चौथो ठाउँमा छन् । यातायातको विकासले इसाईहरूको आवतजावत बढ्यो फलतः सन् १९०० मा इसाईहरूको उल्लेखनीय वृद्धि देखियो भने मुस्लिम पनि अचाक्ली बढे । हिन्दूहरू तेस्रो ठाउँमा छन् तर इसाई र मुस्लिमहरूले बल प्रयोग गरेर धर्मपरिवर्तन गराएको कारणले स्थानीय विश्वासीहरूको सङ्ख्या निकै घटेको छ ।

सन् २००० मा इसाई र हिन्दूहरूको सङ्ख्यामा खासै उठाव देखिन्न तर मुस्लिमहरू एकाएक बढेका छन् भने यहाँ पनि हिन्दूहरू तेस्रो ठाउँमा नै छन् । सन् २०२१ सम्म विश्वको सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम बन्ने र इसाई दोस्रोमा झर्ने छ । यस्ता हिन्दू जनसंख्या भने तेस्रो नै रहने छ ।
मैले होइन, इतिहासले भन्छ कि गोरेहरूले पैसा कमाउनका लागि अन्य देशहरूलाई “कोलोनी“ बनाए र बौद्धिक दास बनाउँनका लागि बाइबल र तलवारको व्यापक प्रयोग गरे । साउथ अमेरिका होस् वा अफ्रीका इसाई मिसनहरूले गरेको आमहत्या इतिहासले भुल्ने छैन । व्यक्तिगत रूपमा इसाई–समुदायप्रति मेरो सद्भाव छ र सबैलाई दोषी ठान्नु उचित हुँदैन र इतिहासले गरेको दोष वर्तमानलाई बोकाउनु पनि हुँदैन ।

मुस्लिमहरूले आफ्नो प्रचारप्रसार तलवार र विवाहका माध्यमबाट गरेका थिए र अहिले पनि जनसंख्या (असीमित रूपमा बालबालिका जन्माएर) गरिरहेका छन् । साउदी, दुवई, कतारजस्ता मुस्लिम बहुल मुलुकहरू धनि हुँदै जाँदा आर्थिक प्रलोभन दिएर मुस्लिम बनाउने बाटो (जुन मूलतः इसाईहरूले गरिरहेका छन्) अपनाउँदै छन् । इसाई र मुस्लिमहरूको उदारतावाद एउटा अतिअविश्वासीलो मुकुण्डो हो भन्ने बुझ्नु उचित हुन्छ ।

यहुदी एकेश्वरवादी चिन्तनको पृष्ठभूमिमा विकसित भएका (पछि इसाई पृष्ठभूमिमा) विकसित भएका पूँजीवाद, साम्यवाद, समाजवादजस्ता राजनैतिक चिन्तनहरूले पनि बाध्य भएर उदारतावादको हिन्दू चिन्तन स्वीकार गरिसकेका छन् । केही कट्टरपन्थी मुस्लिम राष्ट्रहरू पनि हिन्दू–उदारतावादको चरित्र स्वीकार्न बाध्य हुँदैछन् । उदाहरणका लागि साउदी अरवले रामायण–गीता र योगलाई मान्यता दिनु, अमेरिकी राष्ट्रपतिहरूले हिन्दू चाडमा समावेश हुनुले माथिल्लो तत्थ्य प्रष्ट हुन्छ ।

हालै साउदी अरवले पनि आफ्नो देशमा अन्य धर्मका मान्छेलाई स्थायी नागरिकता दिने घोषणा गरेको छ । यसले हिन्दू उदारतावादी चिन्तनको विकल्प छैन भन्ने देखाउँछ । इसाई÷मुस्लिमहरूका धार्मिक विद्यालयहरूमा समेत एकेश्वरवादी चिन्तनमा आधारित राष्ट्रतन्त्रलाई क्रमशः बहुलतातिर (सर्वजन कल्याण) लैजाने पाठ्यक्रम छन् । “राष्ट्रराज्य“को सिद्धान्त क्रमशः प्राकृतिक मृत्युतिर उन्मुख हुँदैछ ।

यही सनातन धर्मको विशेषता हो । मैले विश्लेषण गरे अनुसार सन् २१०० सम्ममा विश्वको ७५% जनसंख्या हिन्दूहरूको विश्वासमा चल्ने छ । हिन्दू समाजमा प्रचलित छुवाछुत पूर्णरूपले अन्त्य हुनेछ । धर्मको महलमा मुस्लिम वा इसाई लेखे पनि धेरै मान्छेहरूको “धार्मिक दृष्टिकोण“ अत्यन्त उदार हुने छ । जुन पूर्णतया हिन्दू चिन्तन र जीवनशैलीका कारण हो ।

धर्मपरिवर्तन गर्ने कुनै व्यवस्था नभएको हुँदा विश्वभरिका मान्छेहरू बैचारिक रूपमा हिन्दू हुँदा पनि हिन्दू धार्मिक समुहमा रहनु प्राकृतिक नै बुझिन्छ । असलमा, धार्मिक र सांस्कृतिक “उदारतावाद“ले महत्व पाइरहंदा अहिलेको ६०% विश्व जनसंख्या केही अर्थमा हिन्दू नै हो ।

सन् २१०० मा सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम वा इसा देखिए पनि गुणात्मक रूपमा विश्वको सबैभन्दा ठूलो बैचारिक–व्यक्तित्व हिन्दू नै हुने छ । यहुदी, इसाई, मुस्लिमहरूले उदारतावादको बाटो अपनाउनुनै पर्ने छ र त्यो बाटो राज्यराष्ट् भएर हिन्दूत्वबाट नै तयार पारिएको हुनेछ ।

स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो