वैदिक सृष्टि मीमांसाः इन्द्र



डा. गोविन्दशरण उपाध्याय ।

इन्द्र देवताका राजा हुन् । कश्यप तथा अदितिका छोरा हुन् । यिनकी पत्नीको नाम सचि हो । जयन्त इन्द्रको छोरा हो । पूर्व दिशाका स्वामी हुन् । यी ऐरावत हात्तिमा सवारी गर्छन् । बज्र यिनको प्रमुख हतियार हो । इन्द्रको शाब्दिक अर्थ इन्द्रीय हो भन्ने मत रहेको छ । त्यसैगरी ईश्वर, प्रथम र श्रेष्ठ भन्ने अर्थ पनि इन्द्रको अर्थ हो । शब्दरत्नावलीमा इन्द्रका ५५ वटा नामहरू दिइएको छ ।

ऋग्वेदमा इन्द्रसँग सम्वन्धित २५० वटा सूक्तहरू छन् भने ती मध्ये पनि ५७ वटा त देवराज इन्द्रमा केन्द्रित छन् । साच्चिकै भन्ने हो भने ऋग्वेदमा इन्द्र भन्दा धेरै अन्य कुनै देवीदेवताको प्रसंग छैन । वेदमा इन्द्रलाई युद्ध, विजय, सोमरसप्रेमी, रक्षक, मेघ वा वर्षाका नियामक, सूर्य, अग्निका सहोदर, राक्षसका शत्रु तथा भक्तिहरूका रक्षकका रूपमा चित्रित गरिएको छ ।

पुराणहरुले इन्द्रलाई एउटा “पदवी“का रूपमा परिभाषित गरेर त्रिदेव (ब्रह्मा, विष्णु र महादेव)को आज्ञाकारी स्वर्गका राजाका रूपमा स्थापित गरिएको छ । यी सधैं आफ्नो राज्यका विषयमा चिन्तित रहन्छन् र विभिन्न प्रसंगमा राक्षसहरूसंग लडाई भैरहन्छ । वेदहरूले इन्द्रसँग वृत्तासुरको युद्धको प्रसंग उल्लेख गर्छन् भने पुराणहरूमा इन्द्रका थुप्रै शत्रुहरू थपिन्छन् । कहीं इन्द्र पराजित हुन्छन् त कहीं विजयी । पराजित भएको अवस्थामामा इन्द्रले कुनै ऋषिमुनिहरूको अपराध गरेको प्रसंग जोडिन्छ ।

वेदमा “स्वस्ति नः इन्द्रो“ आदि मन्त्रका माध्यमबाट इन्द्रको स्तुतिगान गरिएको छ र यिनलाई शान्ति, स्थायित्वका प्रतिक मानिएको छ । प्राडा. वीणा पौड्यालले आफ्नो कृति “हिन्दू परम्परामा देवराज इन्द्र“मा नेपाली तथा भारतीय परम्परामा इन्द्रको के–कस्तो स्थान छ भन्ने सङ्क्षेपमा चर्चा गरेकी छन् । नेपालमा इन्द्रसंग जोडिएको वैदिक चाड (इन्द्रयात्रा) प्रचालमा छ । धेरै विद्वानहरूले इन्द्र जात्रा र लिङ्गो ठड्याउने पर्व मूलतः वैदिक कालीन पर्वकै निरन्तरता हो भनेका छन् । भारतमा एस्तो परम्परा जीवित छैन ।

मान्छे स्वेच्छाचारी प्राणी हुन्छ यदि उसका क्रियाकलापमा अंकुश लगाइएन भने । वेदले मान्छेको नेताका रूपमा इन्द्रलाई स्थापित गरेको छ । नेपाली समाजमा इन्द्र नामका प्रसस्त व्यक्तिहरू छन् भने विश्वमा अन्यत्र नभएको इन्द्रको मन्दिर पनि नेपालमा छन् । इन्द्रलाई मानसम्मान, शक्ति, धन तथा विलाशिताका रूपमा चिनिने हुँदा राजपरिवारका महिलाहरूले इन्द्र र लक्ष्मी उपाधि सहित आफ्नो नाम लेख्ने चलन देखिन्छ ।
सृष्टिमीमांसा अन्तर्गत इन्द्र राज्यसत्ताका प्रतिक र नियामक हुन् । राष्ट्र, राज्य, न्याय व्यवस्थाका संस्थापक, सत्य तथा सदाचारक नियामक तथा न्यायाधीश हुन् । प्राचीन वैदिक समाजका अनेकौ प्रमुख नियामकहरू मध्ये सबैभन्दा जेष्ट तथा श्रेष्ठ नियामक इन्द्र हुन् । श्रीकृष्णले इन्द्रपूजाको प्रावधान पहिलो पटक हटाएका थिए तर नेपालमा भने इन्द्रपूजाले निरन्तरता हुँदा, तत्कालीन नेपाली समाज पौराणिक कम र वैदिक बढी भएको बुझ्न सकिन्छ ।
समाजमा नाम र शक्ति चाहनेहरूले निम्न इन्द्र देवताको मन्त्र यस प्रकार रहेको छः
ॐ इन्द्राय नमः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा