पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ



सुरेश आचार्य ।

‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी दलहरुको माँग बमोजिम २०६३ बैशाख ११ गतेका दिन दुई वर्षअघि बिघटन भएको प्रतिनिधीसभा (संसद) पुनःस्थापित गरिदिए, अनि त्यही संसदले उनलाई श्री ५ को पदबाट निलम्बित गरिदियो, र अन्ततः राजतन्त्र नै गयो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराले ३ महिना बीचमा सांसदहरुको मागबमोजिम २/२ पटक ओली–बिघटनमा परेको प्रतिनिधीसभा पुनःस्थापना गरिदिए, अहिले तिनै सांसदले महाअभियोग लगाई पदच्यूत गरेर हुर्मत लिने भएको गन्ध पाएकोले भोलि चोलेन्द्रले पदबाट राजीनामा गर्ने भएछन् !

राजनीतिज्ञहरुसँग दया–माया, धर्म, निष्ठा र विश्वसनीयता भन्ने कुनै पनि चीज हुन्न भन्ने सुनेको ठिकै रहेछ । त्यसमाथि उनीहरुको शरीर र मन, जनताको गाली खाँदा–खाँदा गैँडाको छालाजस्तो कडा बनिसकेको हुन्छ । यो गुह्य कुरा, राजा ज्ञानेन्द्रले बुझ्न सकेनन्, तर चोलेन्द्रले त्यो परिदृष्य देखेर पनि पाठ सिकेनन् ।

नेपालको इतिहासमा जसले प्रतिनिधीसभा पुनःस्थापित गर्छ, त्यही प्रतिनिधीसभाको पहिलो शिकार हुन्छ ! यस्तै हुँदैआएको छ !
राजनीति निर्मम हुन्छ, चेतना भया !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटना छानबिन गर्न छानबिन समिति गठन

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो

शिक्षा मन्त्रालयले शिक्षकहरुलाई फेरि बोलायो वार्तामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ

१४ महिनापछि राजीनामा गर्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि राजीनामा दिने बताएका छन् ।

राजेन्द्र लिङ्देनले भनेका भाटभटेनीको रक्सी चोर्ने को हुन् कांग्रेस नेताका छोरा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले राजसंस्थाको पक्षमा कुरा गर्नु