चिसो विहानीको पिरो सोच



डा. गोविन्दशरण उपाध्याय ।
हिजो बाटो हिँड्दै गर्दा अचानक एउटा दृश्यले मेरो ध्यानाकर्षण गर्यो । एकजना युवतीले एउटा प्राचीन मन्दिरको मूर्तिको मुखमा लड्डु कोचाइ रहेकी थिइन् । मन्दिरको सानो थियो तर निकै प्राचीन थियो । मूर्तिहरू पनि निकै पुराना नै हुनुपर्छ । मन्दिर भत्किएको थियो, फोहोरले दुर्गन्धित भैरहेको थियो । देवमूर्तिमा पोतिएको “अवीर“ले मूर्तिको शरीरलाई चिरेर पाप्रा निकालीरहेको थियो । पूजा गर्नेहरूका लागि भत्केको मन्दिर, फोहोर, चिरिएको मूर्ति कुनै पनि वास्ताका विषय थिएनन् । आस्थासँग जोडिएको यस्तो व्यवस्था गर्ने उनीमात्र होइनन् । ब्यापारिक ठाउंँको बीचमा रहेको त्यो मन्दिरलाई धर्मनिरपेक्षता, इसाईको विस्तारले निल्दैछैन, हाम्रो लोभी तथा लालची ब्यबहारले निल्दैछ ।

देशमा लाखौंलाख यस्ता ठूलासाना मन्दिरहरू छन्, धेरैजसोको यस्तै हविगत छ । हामी सरकार र पराई धार्मिहरूलाई दोष दिन खप्पिस छौं तर गोजीबाट केही दान निकालेर ती मन्दिरको जीर्णोद्धार गर्न तत्पर छैनौं । हाम्रो आस्था र विश्वासको सीमामा लोभ र लालचको विर्को लागेको छ । हामी 22,051,492 नेपाली हिन्दूहरूको गोजी सधैं मन्दिर, गुरुकुलजस्ता स्वधर्म, स्वसंस्कृति तथा इतिहासको रक्षा गर्ने, विकास गर्ने तथा प्रचारप्रसार गर्ने काममा संकुचित नै छ । नयाँ बनाउने कुरा छोडौं, पूर्खाले बनाएर गएका हाम्रा मठमन्दिर, पाटी–पौवा जोगाउन हामी अग्रसर भयौं भने पनि अचम्म मानुपर्ने हुन्छ । सत्य तीतो हुन्छ र पोल्छ । सत्य यही हो ।

जताततै भत्किएर खण्डहरमा परिणित हुँदै गएका मन्दिरहरू देखेर पनि तिनको जीर्णोद्धारका गर्न हामी हिन्दूहरू किन एतिबिध्न अनुदार छौँ ? मुस्लिम र इसाईले आफ्नो कमाईबाट अनिवार्यरुपमा १० प्रतिशत आफ्नो धार्मिक तथा सांस्कृतिक सुरक्षा गर्न र त्यसको प्रवद्र्धन गर्न खर्च गर्छन् । त्यसैले नेपालमा पनि चर्च र मस्जिदको सङ्ख्या बढिरहेको छ ।

इसाईकरण भयो, मुस्लिमकरण भयो भनेर सार्वजनिक रोइलो गर्नको साटो “दशांश–दान“को वैदिक पद्धतिप्रति सर्वसाधारण र ब्यापारी हिन्दूहरूको ध्यानाकर्षण गरेर बृहत्तर कोष निर्माण गर्न सकें, हामी नेपालीको इतिहास भविष्यका लागि जोगिन सक्छ । खण्डहरमा रुपान्तरित हुँदै गएका मन्दिरहरूका असुरक्षित मूर्तिहरूको मुखमा लड्डु, पेडा कोच्दैमा र दश रुपैया भेटी चढाउँदैमा वैदिक धर्म, संस्कृति तथा विद्याको रक्षा हुँदैन ।

जव कुनै चर्चमा कुनै प्रकारको भौतिक क्षति हुन्छ, चर्चका सबै सदस्यहरू तेसको पुनर्निमाण गर्न जुट्छन् । मस्जिदका दैनिक वा हप्ताको एक पटक नमाज पढ्न जाने वा नजाने मुस्लिमले पनि सक्दो “जकात“ दिएर तुरुन्त त्यसको सुरक्षा गर्छन् । मुस्लिम र इसाई समुदायका मानिसहरू आफ्नो मर्यादामा छन्, आफ्नो विस्तारका लागि उद्योग गरिरहेका छन्, त्यसैले तिनका गतिविधिहरू प्रभावशाली छन् । उनीहरूले कामगरिरहेका छन्, त्यसैले उनीहरू सफल भइरहेका छन् ।

नेपाली इसाई र मुस्लिमहरू पनि हिन्दू र बौद्ध समुदायझैं विभिन्न राजनैतिक दलमा आस्था राख्छ । तर आफ्नो धर्म र संस्कृतिको सवालमा सम्झौता गर्दैन । दलहरूसंग उनीहरूको सहकार्य तवसम्म रहन्छ, जवसम्म दलीय विचार, आचार उनीहरूको धार्मिकता विरुद्ध हुँदैन । उनीहरूले धर्मनिरपेक्षताको उपयोग समेत आफ्नो धार्मिक तथा सांस्कृतिक हितका लागि गरिरहेका छन् । उनीहरूका लागि धर्मनिरपेक्षता अगाडी बढ्ने साधन वनिरहेको छ भने हिन्दु–बौद्ध समाजका लागि बाध्यकारी उदारता । आफ्नो उदारताका कारण हामी रित्तिएका रित्तियै छौं, उनीहरू भरिपूर्ण हुँदैछन् । रिस गरेर केही हुन्न काम गर्नुपर्छ ।

काठमाडौँ उपत्यकालाई ’मन्दिरको शहर’ भनेर चिनिन्छ । हरेक गली, टोल र गाउँमा एउटा ठूलो–सानो मन्दिर अवश्य छ । अनि, त्यो मन्दिरको इतिहास सम्वन्धित टोल वा गलीसँग जोडिएको छ । मन्दिरहरू वेवारिसे छन् । टोलवासीहरूले आफ्नो घर बनाउन करोड–करोड खर्च गर्छन् तर आफ्नै आँगनमा उभिएर मेरो “हिन्दू–बौद्ध“ अस्तित्व प्रमाणित गर्न सहयोग गरिरहेको आफ्नै सभ्यता जोगाउन एउटा ईंटा दिन सक्दैनौं । हामी लोभी र लाचार छौँ । यदि हामीलाई आफ्नो धर्म–संस्कृति तथा इतिहास प्यारो भएको भए टोलको मन्दिर पनि आफ्नो घरझैं संरक्षित हुन्थ्यो । १०० बटा घर बनाउँदा १०० करोड खर्च हुन्छ । त्यसको केवल ०.५% रकममात्र आँगनको मन्दिरमा खर्च गर्ने हो भने मन्दिर जोगिन्छन् !

हिन्दू–ब्यापारीहरू ठूलो भुँडी भएका गुरूको झोली भर्न हरहमेशा तयार देखिन्छन् । गुरुहरूलाई दान दिनुस् राम्रो कुरा हो तर तपाईंको टोलछिमेकको मन्दिर नष्ट भयो भने दोषी तपाईं/हामी हामी नै हुनेछौँ । आफ्नै टोलमा उभिएको आफ्नो धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक धरोहर मन्दिर नष्ट हुँदैगरेको नदेख्ने तर छिमेकी इसाईले चर्च बनायो भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । उदेकलाग्दो कुरा के हो भने हामीमा मन्दिरमा ईंटा दान दिनुको सट्टा मन्दिरको ढुंगा उखेलेर आफ्नो घर बनाउने प्रबृत्ति मौलाएको छ ।

मैले एउटा भविष्य देखेको छु । टोलटोलका मन्दिरहरूको जीर्णोद्धार गर्न टोल–समितिहरू निर्मित भएका छन् । टोलमा बन्नेहरेक नया वा पुराना घरहरूले अनिवार्यरूपमा मन्दिरको जीर्णोद्धारमा सहयोगी बन्नै पर्ने छ । युवा, महिला तथा महिलाहरूले एसको नेतित्व गर्ने छन् । ती मन्दिरहरू सफा हुनेछन् र हिन्दू धर्म, संस्कृति तथा संस्कारका प्रशिक्षण केन्द्र हुनेछन् । हरेक मन्दिरको ढोकामा एउटा ताम्रपत्र उकेरिने छ, जसमा त्यसमन्दिरको इतिहाससहित जीर्णोद्धार गर्नेहरूको उल्लेख हुनेछ ।

आऔं, सबै मिलेर आफ्नो इतिहास, पहिचान र सभ्यता जोगाउन अग्रसर बनौँ । हामीले आफ्नो धर्म, संस्कृति, दर्शनको रक्षा नगरे अरू कसैले गर्दैन ।

हामी गर्न सक्छौं । स्वस्ति अस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशको व्यवस्था फेरियो, अवस्था उस्तै छ, भन्नेहरूले देशलाई भड्खालोमा हाल्न खोज्दैछन्

काठमाडौँ । प्रतिनिधिसभाका समानुपातिक सांसदले समेत राष्ट्रियसभाका सदस्यलाई हेर्ने दृष्टिकोण केही फरक पाएको

न्याय मर्नेछैन रविन्द्र दाइ !

तपाईंको असल नियत र इमानदारीतामा कुनै शंका छैन । तपाईंसँग हजार असहमति राख्नेहरुले

बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन